Logo

जनरल इस्योरेनसको आइपीओ भोली बाँडफाँड हुँदै 



जनरल इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओ भोली मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक रहेको एनलाईबिएल एस क्यापिटलले फेसबुक पेज मार्फत लाइभ गरेर भोली बिहान १०ः३० बजे बाँडफाँड गर्न लागेको हो । 

कम्पनीले प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । जस मध्ये १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याईएको छ । बाँकि रहेको २७ लाख ३० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए । 

कम्पनीको आईपिओमा ८ लाख बढीले आवेदन दिएका छन् ।  धेरै माग भएकोले गोलाप्रथाबाट शेयर बाँडफाँड हुने छ र  २ लाख ७३ हजार जनाले मात्र शेयर पाउने छन् । यस हिसाबमा ५ लाख बढी आवेदक हात खाली हुने छन् । कुनै पनि आईपिओमा ८ लाख बढीले आवेदन दिएको यो नै पहिलो पटक हो । 

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  १२ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।