Logo

समाचार

 भारतको साना व्यवसायीलाई सघाउन विश्व बैंकले ५० करोड डलर दिने



विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ। बैंकको कार्यकारी समितिले कोरोनाभाइरसको महामारीका कारण मर्कामा परेका साना तथा मझौला उद्योगका सञ्चालकहरूलाई सहयोग गर्न भारतलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको हो।

भारतमा कोरोनाभाइरसको महामारीले साना तथा मझौला उद्योग व्यवसायहरु नराम्रोसँग धरासायी भएको तथ्याङकले देखाएको छ।

विश्व बैंकले दिएको सो रकम भारतका साना तथा मझौला उद्योगहरूको पुनः उत्थाान र प्रवद्र्धनका लागि परिचालन गरिने भएको छ।

सो कार्यका लागि भारतको सरकारले पनि ठूलो रकम लगानी गर्ने र विश्व बैंकको रकम त्यसमा थपिने बैंकका अधिकारीहरुले बताएका छन् ।

बैंकले प्रकाशन गरेको वक्तव्यमा कोरोनापछि साना तथा मझौला व्यवसायीहरूलाई उठाउनका लागि सो रकम उपयोग गर्न भारतलाई आग्रह पनि गरिएको छ ।

विश्वभरी मर्कामा परेका साना तथा मझौला व्यवसायीहरुलाई सहयोग गर्ने विश्व बैंकको नीति अनुसार अन्य देशहरुलाई पनि यस्तो सहयोग गरिएको समाचारमा जनाइएको छ । रासस

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार ०६:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।