Logo

मनसुन भित्रिएसँगै वर्षाले पहिराे, सिद्धार्थ राजमार्ग अवरुद्ध



नेपालमा मनसुन भित्रिएसँगै माैसम प्रतिकूल बनेकाे छ। प्रतिकूल माैसमसँगैकाे वर्षाका कारण मुलुकका विभिन्न ठाउँमा पहिराे खस्न थालेकाे विवरण आइरहेका छन्।

स्याङ्जाको भालुपहाडमा पनि पहिराे गएकाे छ। शनिबार रातिदेखिकाे वर्षासँगै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेकाे छ।

राति २ बजे ठूलो पहिरो खसेपछि सवारीसाधन सडकमै अलपत्र परेका छन्। सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा खनिएको छ। त्यसमैमाथि पहिराे खसेकाे हाे। 

फाइल फाेटाे

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार ०८:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।