Logo

आजको तस्बिर

कहिले चल्छन् सार्वजनिक सवारी ? (फोटो फिचर)



वैशाख १६ गतेदखि आह्वान गरिएको निषेधाज्ञा जेठ महिना सकिँदासम्म पनि खुलेको छैन  । सवारी आवतजावत ठप्प पारिएको छ । लामो तथा छोटो दूरीका सवारीसाधनहरु अहिले थन्किएको अवस्था छ । 

व्यवसायीले स्वास्थ मापदण्ड अपनाएर सवारीसाधन चलाउँछु भनिरहँदा पनि सरकारले सवारीसाधन तत्काल खुलाउन कुनै चासो दिएको छैन । 

अघिल्लो लकडाउनदेखि नै पूर्णरुपमा सञ्‍चालन गर्न नपाएको सवारीसाधन अहिले ठप्प भएको कारण व्यवसाय झनै धरापमा परेको एक रात्री बस व्यवसायीले बताए । 

चली राख्नुपर्ने मेसिनेरि सामान थन्केर बसेपछि व्यवसायीहरुले थप आर्थिक भार पर्ने बताएका छन् । गाडिको सिटलगागत वायरिङहरुको सबै मुसाले काटेको र अब गाडि निकाल्दा कम्तीमा पनि एक गाडि बराबर ६० हजार रुपैयाँ खर्च रहेको बताउँछन् । 

त्यसका साथै गाडिका कर्मचारीहरु अन्य क्षेत्रमा दक्ष नभएको कारण अन्य क्षेत्रतर्फ मोड्न पनि नसक्ने हुनाले मिनिमम तलब भत्तामा धरैमै कर्मचारी पालिरहेको पनि बताए । 

बसपार्कमा, पाकिङमा थन्किएको बसहरुको केहि तस्बिरहरु :

 

Lumbini-Province.jpg

Lumbini-Province.jpg

Lumbini-Province.jpg

Lumbini-Province.jpg

Lumbini-Province.jpg

 

Lumbini-Province.jpg

Lumbini-Province.jpg

 

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १६:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।