Logo

मनसुन देशैभर फैलिएसँगै सक्रिय, आज भारी वर्षाकाे सम्भावना



जेठ २८ गते पूर्वी नेपालबाट भित्रिएकाे मनसुन देशैभर फैलिएकाे छ। मनसुन आइतबार देशैभर फैलिएसँगै पानी पर्ने क्रम सुरु भएकाे छ। काठमाडाैं उपत्यकामा दिनहुँ पानी पर्न थालेकाे छ। आइतबार राति पनि झरी परेकाे थियाे।

याे साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा वर्षा हुने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

साेमबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका एक-दुई स्थानमा पानी परेकाे छ।

दिउँसो देशभर बदली रहनेछ। देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, गण्डकी तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जानकारी दिएकाे छ।

मंगलबार बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मंगलबार राति 

देशका धेरै स्थानमा पानी पर्नेछ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार ०६:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।