Logo

काठमाडौंमा आज र भाेलि चिनियाँ खाेप लगाइँदै



काठमाडाैं महानगरपालिकामा स्थगित खाेप अभियान फेरि सुरु भएकाे छ। यसअघि जेष्ठ नागरिकलाई खाेप लगाउन सुरु भए पनि खाेप नै अभाव भएकाे भन्दै स्थगित गरिएकाे थियाे।

महानगरकाे याे कदमकाे तीव्र आलाेचना भएपछि फेरि खाेप अभियान सुरु भएकाे हाे।

महानगरपालिकामा ६० र ६१ वर्षका नागरिकलाई साेमबार र मंगलबार भेरोसेल लगाइँदै छ। याे खाेप चीन सरकारले अनुदानमा उपलब्ध गराएकाे हाे। खोप असार १ गते लगाइनेछ । यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएकोमा खोप अभाव भएपछि स्थगित गरिएको थियो।

खोप बिहान १० बजेदेखि ४ बजेसम्म वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा उपलब्ध हुनेछ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार ०७:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।