Logo

बागमती प्रदेश

चितवनमा छैटौँ पटककाे निषेधाज्ञा एक साता लम्बियाे



जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ।

जिल्ला कोभिड व्यवस्थामा केन्द्रको बैठकले आज बिहीबार रातिदेखि सकिन लागेको निषेधाज्ञा एक साताका लागि थप गरेको हो । जिल्ला प्रशासन कार्यालयले एक आदेश जारी गर्दै असार १० गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरेको हो। चि

तवनमा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ । जिल्लामा हालसम्म १५ हजार १३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये एक हजार ४२९ जना सक्रिय सङ्क्रमित हुन् । सक्रिय सङ्क्रमितमध्ये १२९ को अस्पतालमा उपचार भइरहेको छ भने अन्य सार्वजनिक आइसोलेशन तथा होम आइसोलेशनमा रहेका छन् । कोरोनाका कारण यस जिल्लामा २५२ जनाको मृत्यु भइसकेको छ । 

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार  ९ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।