Logo

अन्तर्राष्ट्रिय

चिलीमा फेला पर्‍यो ५ हजार वर्ष पुरानो रुख



एजेन्सी/सान्टियागो । एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रुख फेला परेको छ । उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ । 

आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिचले बताए ।

रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको हो । ठूलाे फेदका कारण वैज्ञानिकहरूले रुखको वास्तविक उमेर निर्धारण गर्न नसेकेको बताइएको छ ।

एलर्स मिलेनारियोसमेत भनिने सो रुखलाई प्याटागोनियन साइप्रस भनिएको छ । यसअघि क्यालिफोर्नियाको एउटा सल्लालाई अहिलेसम्मकै पुरानो रुख बताइएको थियो । सो रुख ४ हजार ८५३ वर्ष पुरानो मानिन्छ ।

चिलीका पूर्ववातावरणमन्त्री तथा हाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलका सदस्य माइसा रोजासले रुख फेला परेको विषयलाई ‘अद्भुत वैज्ञानिक खोज’ भन्दै त्यसको प्रशंसा गरेका छन् ।
 

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १३:१९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।