Logo

राजनीति

स्वतन्त्र उम्मेदवारी दिएर गाउँपालिका अध्यक्ष जितेका केसी भन्छन् : म माओवादी केन्द्रमै छु



काठमाडौं । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका मोहनबहादुर केसीले आफू माओवादी केन्द्रमै रहेको बताएका छन् ।

स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उमेदवारी दिएर चुनाव लडेका उनी अध्यक्ष पदमा विजयी भएका थिए । उनले माओवादीका आधिकारिक उम्मेदवार डम्बर बहादुर शाहीलाई ४८५ मत अन्तरले हराएका थिए ।

केसीले आज बिहान माओवादी केन्द्रको अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेर भेटवार्ता गरेका छन् । भेटमा उनले आफू माओवादी केन्द्रमै रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । केसीलाई माओवादी अध्यक्ष प्रचण्डले खादा लगाइदिएर बधाईसमेत दिएका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १३:३८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।