Logo

वागमती प्रदेश

चावहिलमा निर्माण भएको आकाशे पुलको शुभारम्भ



काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वडा नम्बर ७ स्थित चावहिलमा निर्माण भएको आकाशे पुलको शुभारम्भ गरेका छन् । फलामबाट बनेको चाबहिलको पुलको लागत ८२ लाख ६६ हजार ७८३ रुपैयाँ हो ।

बोलपत्रबाट छनौट भएको कान्छामान निर्माण सेवाले यसको निर्माण गरेको हो । २०७६ कार्तिक २७ गते नै सम्झौता गरेर काम थालनी गर्ने बेलामा सडक किनारा क्षेत्र कम भएकोले निर्माण कार्य हुन सकेको थिएन ।

जग्गाको समस्या समाधान गरेर माघ १६ गते पुलको शिलान्यास गरिएको थियोे । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।

आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको छ ।योसँगै वडा ८ को जयबागेश्वरीमा पनि आकाशे पुल निर्माण भइरहेको छ । महानगरका मेयर शाक्यकाअनुसार मित्रपार्कबाट पशुपति जाने क्षेत्रका स्थानीयले पनि यस्तै पुल निर्माण गराउन माग गरेका छन् ।

120768044_700283813922734_4324384840412360708_n.jpg

यो आवश्यकता पनि हो । उनले भने,: माइतीघर मण्डला क्षेत्रको पुल तयार भइसकेको छ । यो बर्ष हामी अन्य विभिन्न ठाउँमा निर्माण गर्दैछौं ।

वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल भन्छन्, :  यसैको समानान्तर हुने गरी अर्को पाटोमा पनि यस्तै प्रकारको पुल बनाउन आवश्यक छ ।आकाशे पुलले पैदल यात्रुलाई त सजिलो हुन्छ नै उनीहरुबाहेक दिनरात सडकमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि धेरै खुकुलो हुनेछ ।

 

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ३ : १८ बजे