वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोकसेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।
नेपाल अधिराज्यको संविधान, २०४७ ले पनिलोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे काअध्यक्षतथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।
आजको लागि प्रश्नको उत्तर यसप्रकार रहेका छन् ।
१. प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुन मितिमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ?
उत्तर –असार १
– यस प्रावधानअनुसार सातवटै प्रदेश सरकारद्वारा आव २०७८/०७९ कालागि २०७८ असार १ गते सम्बन्धित प्रदेश सभासमक्ष बजेट प्रस्तुत गरिएको ।
– कोभिड–१९ को महामारीबीच अर्थतन्त्रमाआएको सङ्कुचनका कारण प्रदेश सरकारको बजेट प्रभावित भएको ।
– सबै प्रदेश सरकारद्वारा कोभिडको रोकथाम र उपचार तथाखोप व्यवस्थाका लागि बजेटको व्यवस्था गरिएको ।
– खर्चका स्रोतमा भएको सङ्कुचनका कारण बजेटको आकार पनि केही प्रदेशमा घटेको ।
– कुन प्रदेशले कति रकमको बजेट प्रस्तुत गरे (कुल बजेट)
– प्रदेश १ : रु. ३२ अर्ब ४६ करोड ९२ लाख
– मधेश प्रदेश : रु. ३३ अर्ब ७९ करोड १४ लाख
– बागमती प्रदेश : रु. ५७अर्ब ७२ करोड ९ लाख
– गण्डकी प्रदेश : रु. ३० अर्ब ३ करोड ९४ लाख
– लुम्बिनी प्रदेश : रु. ४० अर्ब ९५ करोड ९७लाख
– कर्णाली प्रदेश : रु. ३६ अर्ब ५४ करोड ६६ लाख
– सुदूरपश्चिम प्रदेश : रु. ३० अर्ब ३३ करोड ९४ लाख
२. नेपाल नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश कहिले जारी भएको हो ?
उत्तर –विसं २०७८ जेठ ९
३. चिकित्सा शिक्षाको अध्ययन/अनुसन्धान गर्नका लागि प्रस्तावना दर्ता गर्ने सम्बन्धमा के व्यवस्था गरिएको छ ?
उत्तर – नेपालमै दर्ता गर्न पाउने ।
– सन् २०१९ नोभेम्बर २७ मा मलेसियामा भएको अन्तर्राष्ट्रिय भेलाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई नै अनुसन्धानका लागि प्रस्तावना दर्ता गर्न आधिकारिक निकाय तोक्ने निर्णय गरेको ।
– यो व्यवस्थाले नेपालमा वर्षाैंदेखि हुँदै आएका अनुसन्धानको प्रस्तावना दर्ता विदेशी संस्थामा गर्नुपर्ने खर्चिलो र झन्झटिलो प्रक्रियाको अन्त्यभएको ।
४. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ?
उत्तर – मे १२
– यस वर्ष (सन् २०२१) को नारा ‘नर्स :अभ्वाइस टु लिड : अ भिजन फर फ्युचर हेल्थ केयर’ रहेको ।
– मानवताकी पुजारी फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा उनको जन्मदिनका अवसरमा हरेक वर्ष यो दिवस मनाउने गरिएको ।
५. नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?
उत्तर – डा. राजेन्द्र प्रसाद (भारत) ।
६. राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?
उत्तर –विसं २०६५ वैशाख २२ ।
(सूचनाको हकसम्बन्धी ऐन–२०६४ मा सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गराउन एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था भएबमोजिम सो आयोग गठन गरिएको ।
७. केन्द्रीय तथ्याङ्क विभागद्वारा विसं २०७८ वैशाख ३१ मा सार्वजनिक प्रादेशिक अर्थतन्त्र सम्बन्धीविवरण अनुसार राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको हिस्सा कति रहेको छ ?
उत्तर – ३७.७ प्रतिशत (रु. १६ खर्ब सातअर्ब) ।
– आव २०७७/०७८ मा राष्ट्रिय अर्थतन्त्र (वार्षिक कुलगार्हस्थ उत्पादन) मा सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशको रहने अनुमान विभागको रहेको,
– त्यस्तै, राष्ट्रिय कुलगार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको हिस्सा ४.१ प्रतिशत (एक खर्ब ७२ अर्ब) रहने अनुमान ।
– आव २०७६/७७मा जस्तै आव २०७७/७८ मा पनि बागमती प्रदेशपछि कुलगार्हस्थ उत्पादनमा बढी हिस्सा रहनेमा क्रमशः प्रदेश १, लुम्बिनी प्रदेश, मधेश , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका ।
८. राज परिषद्को खारेजी कहिले भएको हो ?
उत्तर –विसं २०६३ जेठ ४ ।
९. हात्तीमा चढी लामो स्टिकको सहायताले बल हानी खेलिने हात्तीपोलो खेल कहिले र कहाँबाट खेल्न थालिएको हो ?
उत्तर – सन् १९८२ नेपाल ।
१०. नेपाली सिक्काको इतिहासमा पहिलोपटक अङ्गे्रजी र नेपाली दुवै भाषा भएको सिक्का कहिले निकालियो ?
उत्तर –विसं २०६३ साउन (एक रुपियाँको सिक्का) ।
११. आव २०७७/७८ मा सबैभन्दा बढी आर्थिक वृद्धिदर कुन प्रदेशको रहने अनुमान छ ?
उत्तर –बागमती प्रदेश (४.७ प्रतिशत) ।
सात प्रदेशको आर्थिक वृद्धिदर (आव २०७७/७८, अनुमानित)
– प्रदेश १ : ३.६ प्रतिशत
– मधेश प्रदेश : ३.५ प्रतिशत
– बागमती प्रदेश : ४.७प्रतिशत
– गण्डकी प्रदेश : ३.६ प्रतिशत
– लुम्बिनी प्रदेश : ३.९ प्रतिशत
– कर्णाली प्रदेश : ३.६ प्रतिशत
– सुदूरपश्चिम प्रदेश : ३.४ प्रतिशत
१२. विसं २०७८ वैशाख/जेठमा सम्पन्न नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधिकसले जित्यो ?
उत्तर – काठमाडौँ रेजर्स (उपविजेता : धनगढी एफसी)
(उपाधिसँगै काठमाडौँ रेजर्सले ३५ लाख रुपियाँ र उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँप्राप्त गरेका )
१३. नेपालमा साइकल सिटी घोषणा भएको पहिलो नगरपालिका कुन हो ?
उत्तर – धरान उपमहानगरपालिका ।
१४. नेपाल सरकारद्वारा नेपाल संवत्लाई राष्ट्रिय मान्यता कहिले प्रदान गरिएको हो ?
उत्तर –विसं २०६५ कात्तिक ८ ।
१५. नेपालको नयाँ निशाना छाप कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?
उत्तर –विसं २०६३ पुस १५ ।





















प्रतिक्रिया