Logo

बागमती प्रदेश

बुढिगंगामा एमालेको अग्रता कायमै



बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको ८ सय मतगणना हुँदा नेकपा (एमाले)कै अग्रता कायम भएको छ ।

निर्वाचन कार्यालयका अनुसार अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ ।

८०० मतमा एमालेले मेयरमा ४०३ मत ल्याउँदै पहिलो स्थानमा रहेको छ । कांग्रेस ३५३ मतका साथ दोस्रो स्थानमा छ । त्यस्तै उपमेयरमा एमालेले ४०२ मत ल्याएको छ भने कांग्रेसले ३५७ मत पाएको छ ।

यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् । त्यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार १९:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।