कोरोना संक्रमणलाई नियन्त्रण गर्न सघाउन पुर्याउने गरी सरकारले विभिन्न स्थानीय तह लगायका विभिन्न सेवा प्रदायक क्षेत्रमा राजस्वलाई डिजिटल मार्फत तिर्न सकिने व्यवस्था बनाएको छ । त्यसैअनुप भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका डिजिटल वालेटमार्फत सरकारी कोषमा राजस्व दाखिला गर्दा सेवाग्राहीलाई लाग्ने शुल्क निर्धारण भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै शुल्क निर्धारण गरेको हो ।
वालेटको माध्यमबाट गरिने फन्ड ट्रान्सफर तथा भुक्तानी सीमा सम्बन्धी ब्यवस्थामा राजस्व भुक्तानी शुल्क थप गरिएको हो।
सरकारलाई बुझाउने राजस्वको दर अनुसार ५ देखि ३० रुपैयाँसम्म शुल्क लाग्ने छ। यद्यपि यो ब्यवस्था भने माघ १ गतेबाट मात्र लागू हुनेछ।
राष्ट्र बैंकले कोभिडका कारण सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै करदाताका लागि पुस मसान्तसम्म वालेटमार्फत गरिने दाखिला निःशुल्क गर्न भनेको छ।
आश्विन २३, २०७७ शुक्रबार
0
Shares
प्रतिक्रिया