Logo

आजको तस्बिर

फोहोरले घेरिएको अनामनगर (फोटो फिचर)



काठमाडौं उपत्यकाको फोहोर केही दिनदेखि व्यवस्थापन हुन सेकेको छैन । सडक छेउमा फोहोर फाल्ने भाडा राखे पनि उपत्यकाबासीको जथाभावी फोहोर फाल्नाले सहरमा झनै प्रदुषण फैलिएको छ ।

बजार वरपर र फुटपाथमा फोहोर फाल्दा त्यसको प्रत्यक्ष मारमा व्यापारी र सर्वसाधरणहरु पर्ने गरेका छन् । अहिले काठमाडौंको अधिकांश ठाउँहरुमा फोहोरहरु थुप्रिएका छन् । यस्तै फोहोरहरु थुप्रिएकै ठाउँमध्ये एक हो, अनामनगर । अनामनगरको चोकदेखि पूर्वी गेटसम्ममका परिसरमा फोहोरको थुप्रो देख्न सकिन्छ । स्थानियबासीले लुकिछिपी आफ्ना घरका फोहोर मिल्काउने चलन हटेको छैन ।

उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन प्रालि र वातावरण सुन्दर नेपाल प्रालिलाई फोहोर व्यवस्थापनको जिम्मेवारी दिएको छ । तर कहिले फोहोर व्यवस्थापन गर्ने गाडी नआउनाले त कहिले स्थानियकै लापरबाहीले फोहोरहरु थुप्रिने गरेका छन् ।

 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार १८:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।