कोरोना भाइरसको महामारीका कारण टाट पल्टिएको पर्यटन व्यवसायलाई केहि राहत पुग्ने भएको छ । नवीकरण गर्न नपाएका पर्यटकीय उद्योगले अब आगामी फागुन मसान्तसम्म नविकरण गर्दा हुने भएको छ ।
बागमती प्रदेश, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले एक पटकका लागि २०७८ साल फागुनसम्म समायावधि तोकेर नविकरण गराउन सक्ने निर्णय गरेको जनाएको छ । जस अन्तर्गत बागमती प्रदेशभित्र साविकमा पर्यटन विभागका दर्ता भई उपत्यका पर्यटन कार्यालयमा स्थानान्तरण भएका पर्यटकीय कम्पनीले पनि सो अवधिभित्र कम्पनी नविकरण गराउन सक्ने छन् ।
ट्राभल तथा ट्रेकिङ एजेन्सी, होमस्टे, पर्यटन यातायात सेवा व्यवसाय, जलयात्रा व्यवसाय, पर्यटकस्तरीय होटेल व्यवसाय र विभिन्न किसिमका गाइड (ट्रेकिङ, ट्राभल, रिभर, पोटर)को इजाजत पत्र नविकरण गराउन पनि यो समयको छूट दिइएको मन्त्रालयले जनाएको छ ।





















प्रतिक्रिया