Logo

लोकसेवा

कोरोना भाइरस सम्वन्धी लोक सेवा आयोग परीक्षामा सोध्न सकिने अति सम्भावित



कोरोना भाइरस सम्वन्धी लोक सेवा आयोग परीक्षामा सोध्न सकिने अति सम्भावित प्रश्न उत्तरहरु

कोरोना भाइरस २०१९ ( कोभिड १९ ) severe acute respiratory syndrome coronavirus 2 ( SARS-CoV-2 ) भाइरसबाट लाग्ने सरुवा रोग हो ।

यसको Genetic Material लाइ ssRNA भनिन्छ ।

मानिसहरुमा कोरोना भाइरस सर्वप्रथम सन १९६० मा देखिएको थियो ।

कोभिड १९ सर्वप्रथम चिनको वुहान शहरमा सन् २०१९ सालको डिसेम्वर महिनामा देखिएको थियो भने यो रोगबाट प्रथम मृत्यु २०२० जनवरी ५ मा चिनमा भएको थियो ।

यो रोगको लक्षणहरु सधै एकनासको नहुने भएतापनि यसको प्रमुख लक्षणहरु ज्वरो आउने, खोकि लाग्ने, टाउको दुख्ने, थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, गन्ध थाहा नपाउने हुन् ।

कोभिड १९ बाट संक्रमित भएका व्याक्तिहरु मध्ये एक तिहाइ मानिसहरुमा यो रोगको लक्षण नै देखिदैन ।

विश्व स्वास्थ्य संगठनले कोभिड १९ लाइ Public Health Emergency of International Concern (स्वास्थ्य संकटकाल) को घोषणा ३० जनवरी २०२० मा गरेको थियो भने यसलाइ ११ मार्च २०२० मा महामारी घोषणा गरेको थियो ।

विश्व स्वास्थ्य संगठनले ११ फेव्रुअरी २०२० मा कोरोना भाइरसको नाम कोभिड १९ राखेको थियो ।

चिन बाहिर सर्वप्रथम कोभिड १९ देखा पर्ने देश थाइल्याण्ड हो । थाइल्याण्ड पश्चात जापान मा देखिएको थियो ।

नेपालमा सर्वप्रथम २४ जनवरी २०२० अर्थात २०७६ माघ १० मा कोभिड १९ देखा परेको थियो ।

सन २०२१ को अक्टोवर सम्म कोभिड १९ नदेखिएका ( no confirmed covid-19 cases ) देशहरुमा उत्तर कोरीया, तुर्कमिनेस्तान, नाउरु र तुभालु हुन् ।

यसका भेरियन्ट मध्ये खतरनाक मानिएको डेल्टा भेरियन्ट सर्वप्रथम भारतमा देखा परेको थियो ।

त्यसैगरी अल्फा भेरियन्ट बेलायतमा, गामा भेरियन्ट ब्राजिलमा, बिटा भेरियन्ट दक्षिण अफ्रिकामा सर्वप्रथम देखिएको थियो भने ओमिक्रोन भेरियन्ट सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएको थियो ।

नेपालमा कोरोना भाइरसबाट प्रथम मृत्यु २०७७ जेष्ठ ३ मा भएको थियो ।

कोभिड १९ संक्रमणको रोकथामका लागि नेपाल सरकारले वि. स. २०७६ चैत्र ११ देखी २०७७ साउन ६ गते सम्म लकडाउन गरेको थियो ।

कोरोना महामारीसँग लडनको लागि सार्क आपतकालिन कोषको स्थापना सन् २०२० मार्च १५ मा गरिएको थियो ।

कोभिड १९ विरुद्धको खोप तयार पारेको घोषणा गर्ने प्रथम राष्ट्र रुस हो । रुसले २०२० अगस्त ११ मा कोरोना विरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो र उक्त खोपलाइ स्पुतनिक भी नाम दिइएको थियो ।

प्रकाशित मिति : कार्तिक १४, २०७९ सोमबार  ५ : ३३ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।