Logo

प्रमुख समाचार

मधेशका मुख्यमन्त्री राउत प्रदेशसभा सदस्यमा निर्वाचित



मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

मंगलबार मध्यरातमा सार्वजनिक मतगणनाको नतिजा अनुसार जनता समाजवादी पार्टीका उम्मेदवार राउत पर्सा–१ (२) बाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले ७ हजार ५४५ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीले ६ हजार २१२ मत पाएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झाले २ हजार ८४१ र हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत पाए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०५:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।