काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र विदेशी मुद्रा विनिमय संघ– नेपालको संयुक्त आयोजनामा विदेशी मुद्रा विनिमयसम्बन्धी एकदिने बृहत अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकका विशिष्ट प्रतिनिधिहरु तथा विभिन्न विदेशी मुद्रा विनिमयका सञ्चालक तथा कर्मचारीहरु गरी ११० जनाभन्दा बढीको उपस्थितिमा काठमाण्डौको ठमेलस्थिते होटेल मर्स्याङ्दीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपालमा विदेशी मुद्रा विनिमय, एन्टी मनी लन्डरिङ (गो एएमएल), सम्पत्ति शुद्धीकरणलगायतका समसामयिक विषयहरुमा बृहत छलफल तथा प्रशिक्षण सम्पन्न भएको छ ।
कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले देशको समग्र बैंकिङ प्रणालीमा विदेशी मुद्रा विनिमयको स्थितिका बारेमा आफ्ना धारणा राखेका थिए ।
हाल गरिमा विकास बैंकले लाजिम्पाट, ठमेल, माछापुच्छ्रेलगायत विभिन्न शाखाबाट विदेशी मुद्रा सटहीको सरल व्यवस्था गर्दै आइरहेको छ ।




















प्रतिक्रिया