Logo

कर्पोरेट फोकस

मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित बन्दै गएको छ : गभर्नर अधिकारी



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित बन्दै गएको बताएका छन् ।

मर्जर प्रक्रिया पूरा गरी ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले आजबाट सुरु गरेको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन् । ‘राष्ट्र बैंकले मर्जरको नीति एक दशकअघि लिइरहेको छ’, उनले भने ।

खुला नीतिका कारण धेरै वित्तीय संस्था खुलेको गर्भनर अधिकारीको भनाइ थियो । ‘संस्था बढी हुँदा मध्यस्था लागत बढ्छ’, उनले भने, ‘जसका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भयो । अर्थतन्त्रमा पनि सकारात्मक योगदान भएन ।’ यस्तै बैंकहरुले बढीभन्दा बढी लगानी प्राथमिकता क्षेत्र राष्ट्रिय उत्पादनमा केन्द्रित गर्नुपर्ने उनले बताए ।

बैंक ठूलो बन्दै गर्दा एकल लगानीको सीमा निर्धारण गर्दै बढीभन्दा बढी कर्जा लगानी साना ऋणीमा केन्द्रित गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार ०८:०९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।