Logo

कर्पोरेट फोकस

बैंक तथा वित्तीय संस्थाले मर्जरको नाटक मञ्चन गरे : दुर्गा प्रसाई



सामाजिक अभियन्ता दुर्गा प्रसाईले बैंक तथा वित्तीय संस्थाले मर्जरको नाटक मञ्चन गरे पनि तरलता र पुँजीको अभावले देशको अर्थतन्त्र खोक्रो भएको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध देशभर आयोजना गरिने कार्यक्रमको घोषणा सम्बन्धमा कन्स्टिच्युसनल फोरम अफ नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ब्याजदर घटाउन सकिने थुप्रै उपायहरु भएपनि सरोकारवालाहरु यस विषयमा छलफल गर्न समेत गर्न नचाहेको उनले बताए ।

८ प्रतिशतमा लिएको ब्याजदर अहिले १६/१७ प्रतिशत पुग्दा पनि बैंकले ब्याजदर घटाउन कुनै पहल नगरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।

उनले भने, ‘देश अर्थतन्त्र पूर्णरुपले टाटपल्टेको अवस्थामा छ । बैक तथा वित्तिय संस्थाको मर्जरको नाटक मञ्चन गरेतापनि तरला, पूँजीको अभाव भइ अर्थ व्यवस्था खोक्रो बनेको छ । ८ प्रतिशतमा लिएको व्याजदर आज १६/१७ प्रतिशत पुगिसक्यो । यसमा राज्य संचालन गर्नेहरुको समेत स्वार्थ देखिन्छ ।’

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय थालेकाहरुले अब ब्याज समेत तिर्न नसक्ने अवस्था सिर्जना भएको उनले बताए ।

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध देशभर फागुन १ गतेदेखि कन्स्टिच्युसनल फोरम अफ नेपालले देशभर राष्ट्र बचाउने अभियानमा नेपालको झण्डा र दियो लिएर अभियान नै सञ्चालन गर्ने भएको छ । उनीहरुले विभिन्न माग राख्दै अभियान सञ्चालन गर्न लागेका हुन् ।

व्यापार व्यवसायलाई राहतको लागि तत्काल सम्बोधन हुनुपर्ने मागहरु :

-बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर ६ प्रतिशत भन्दा न्यून हुनुपर्ने ।

-बैंक, वित्तीय संस्था तथा सहकारीहरुले घरवारविहिन बनाएका नागरिकको घरजग्गा, नागरिकता

-लगायतका कागजातहरु तत्काल फिर्ता गनुपर्ने ।

-बैंक तथा वित्तिय संस्थाले पत्रिकामा फोटो सार्वजनिक गर्ने, तीन पुस्ते विवरण प्रकाशन गरी

-सार्वजनिक वेइज्जती गर्ने कार्य तत्काल बन्द गर्ने ।

-बैंक तथा वित्तिय संस्थाको कारण आत्म हत्या गर्न बाध्य बनाउने कर्मचारीहरुलाई छानवीन गरी

-आत्महत्या दुरुत्साहनको अभियोग लगाइयोस् ।

-बैंक तथा वित्तीय संस्था, वीमा कम्पनीहरु नेपाल सरकार मातहत ल्याइयोस् ।

-मुलुकको अर्थतन्त्रले धान्न नसक्ने सेतो हात्ती बनेको प्रदेशको संरचना खारेज गरियोस् ।

-देशमा उद्योग धन्दा संचालन गरेर सामान्य रोजगारीको पनि लागि बिदेशजानुपर्ने बाध्यतालाइ अन्त्य
गरियोस् ।

-देशमा राष्ट्रियता, धर्म, र संस्कृति हराएको हुदा समृद्ध नेपाल सुखी नेपालीका साथै देशलाई समृद्ध र

-शान्त बनाउनको लागि सबै धर्म, जातजातिको सम्मान गर्दै वैदिक सनातन सहितको हिन्दुराज्य
कायम गरिनुपर्ने ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार ०६:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।