Logo

अर्थ

एनसीसीलाई गाभेपछि कुमारी बैंकको नाममा २६ करोड कित्ता बढी सेयर कायम



कुमारी बैंक लिमिटेडको धितोपत्र दर्ता गरी अभिलेख गराइएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु गरिसकेका कुमारी र एनसीसी बैंकको सेयर ‘कुमारी बैंक लिमिटेड’को नाममा कायम हुने गरी अद्यावधिक विवरण अभिलेख गराएको हो ।

सीडीएससीले १०० अंकित दरका कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२.५७ कित्ता र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता गरी कुल २६ करोड २२ लाख ५८ हजार ६१३.५७ कित्ता कुमारी बैंकको नाममा कायम गरी अद्यावधिक विवरण अभिलेख गरेको हो ।

यी सेयर कारोबार गर्न योग्य हुने गरी अद्यावधिक विवरण अभिलेख गरिएको सीडीएससीले जनाएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट प्राप्त जानकारीअनुसार मर्जरपछि बनेको कुमारी बैंकको साधारण सेयरलाई ‘केबीएल’ र संस्थापक सेयरलाई ‘केबीएलपीओ’ कारोबार संकेत प्रदान गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार २१:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।