Logo

फिल्म भाँडाकुटी घोषणा, मुकुन र बेनिशा मूख्य भुमिकामा



काठमाडौं । घटस्थापनाको दिन पारेर शनिवार नयाँ फिल्म घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागिएको फिल्म भाँडाकुटीको शनिवार राजधानीमा सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमबीच औपचारिक घोषणा गरिएको छ ।
नायिका बेनिशा हमाल र कलाकार मुकुन भुषाललगायतको अभिनय रहने फिल्म भाँडाकुटी आउँदो फाल्गुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ ।

IMG_9412.JPG

बैवाविक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागिएको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् । किरण बिककै कथामा कलम खड्काले फिल्म निर्माण गर्न लागेका हुन् । ओस्कार फिल्म कलेज पास आउट भएका यूवाहरुको समूह फिल्ममा हाबी छ । 

IMG_9355.JPG

२०७८ साल लक्षित गरेर प्रदर्शन टार्गेट गरेको फिल्मलाई निशल पौडेलले खिच्ने भएका छन् । फिल्ममा राज कुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । झण्डै एक करोड लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् ।

IMG_9391.JPG

समाजको कथालाई नयाँ ज्ञान सहित पुरा अनुभवहरुको साथमा राम्रो फिल्म बनाउने उद्देश्य सहित नयाँ टिम आएकोले सबैले सहयोग गरिदिन निर्देशक किरणले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आईतवार १५:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।