कामना सेवा विकास बैंक बैंकिङ कसुरमा बैंकका सिइओ प्रविण बस्नेत पक्राउ परेसँगै अध्यक्ष सुदिप आचार्य पनि तानिने भएका छन् ।
डिसहोमका प्रबन्ध निर्देशक समेत रहेका अध्यक्ष आचार्यले पटक–पटक विभिन्न किसीमका लोनहरुको स्वीकृतिमा सिइओ बस्नेतलाई आफनो अनुकुलमा परिचालन गर्ने गरेको खुलेको छ । सोही प्रकरणका साथै अन्य प्रकरणमा अध्यक्ष आचार्य पनि तानिने भएका हुन् ।
पटक–पटक विवादमा मुछिदै आएको कामना सेवा विकास बैंक फेरि अर्को विवादमा फसेको छ । कामना सेवा विकास बैंकको दमकस्थित शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले सिइओ सहित चार जनालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय दमकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित चार जनालाई पक्राउ परेका हुन् । उनीसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीलाई प्रहरीले पक्राउ परेका छन् ।
हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी हुन् । उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो । प्रहरीले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ ।
उनीहरूले बैंकबाट ऋण दिँदा थोरै धितो राखेको र राखेको धितो पनि भए नभएको नखुलेपछि अनुसन्धान अघि बढेको थियो ।
ऋणीले जग्गा र उनीहरूले गरेको व्यवसाय नै धितोको रूपमा राखेका थिए । नेपाल राष्ट्र बैंकबाट केन्द्रीय अनुसन्धान ब्युरोलाई यस सम्बन्धमा अनुसन्धान गर्न पत्र लेखेको थियो । ब्युरोले प्रारम्भिक रूपमा अनुसन्धान गरेर दमक शाखाको घटना भएकाले थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालयमा पठाएको थियो ।
बैंकका निर्देशक विश्वेश्वर सुवेदीका अनुसार यसरी धितो कम राखेर ऋण प्रवाह गर्दा ४ देखि ५ करोडसम्म घाटा हुन आएको देखिन्छ । अनुसन्धानका लागि प्रहरीले ऋण दिँदा फाइलमा हस्ताक्षर गरेकाहरूलाई पनि बोलाएर सोधपुछ गरिरहेको छ ।




















प्रतिक्रिया