Logo

कर्पोरेट फोकस

प्रभु बैंकका सीईओ शेरचनविरुद्ध परेको मुद्दाको सुनुवाइ आज



प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको नियुक्तिविरुद्ध परेको मुद्दाको पेशी आजका लागि तोकिएको छ । अधिवक्ता अनिता थापाले शेरचन रहेको राष्ट्रबैंकलाइ समेत बिपक्षी बनाएर दायर गरेको मुद्दाको लागि आज दुबै पक्षलाई बोलाएको हो ।

शेरचनको नियुक्ति बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) को प्रावधान विपरीत रहेको भन्दै उच्च अदालत पाटनमा अधिवक्ता अनिता थापा केसीले मुद्दा दायर गरेकी थिइन् ।

उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिँदै आजका लागि पेसी तोकेको थियो ।

बाफियाको प्रावधान अनुसार एउटै व्यक्ति २ कार्यकालका लागि मात्र सीईओमा नियुक्त हुन पाउँने व्यवस्था छ । बैंकले माघ १५ गते देखि लागू हुने गरी शेरचनलाई ४ बर्षे कार्यकालका लागि पुनः नियुक्त गरेको हो । शेरचन यसअघि पनि प्रभु बैंकको दुई कार्यकालका सीईओ भइसकेका छन् ।

नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड र प्रभु बैंकका सञ्चालकहरु समेतलाई विपक्षी बनाई दायर भएको मुद्दामा आइतबार पेसी तोकिएको थियो ।

प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार  ११ : ०१ बजे