Logo

उद्योग

बैंकको ब्याजदर उच्च हुँदा ऋणी समस्यामा परे : पवन गोल्यान



बैंक तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले बैंकको ब्याजदर उच्च हुँदा ठूला ऋणी निकै ठूलो समस्यामा परेको बताएका छ ।

आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले बुधबार काठमाडौँमा आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानका उपाय विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

“सात प्रतिशतमा उपलब्ध भइरहेको कर्जा एकैचोटी १२र१३ प्रतिशत पुग्दा त्यसले उद्यमी व्यवसायीलाई असहज अवस्था सिर्जना गरेको छ । त्यसलाई एकल अङ्कमा झार्न पहल गर्नुपर्छ”, गोल्यानले भने । जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) हुन नसक्दा धेरै लगानीकर्ता समस्यामा परेको पनि उनको भनाइ छ ।

प्रकाशित मिति : माघ २०, २०७९ शुक्रबार  ११ : ०९ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।