Logo

विचार / ब्लग

पाँच सय र हजारका पुराना नोट नचल्ने बनाऔँ : रणबहादुर चन्द



सुशासन र समृद्ध नेपालका पक्षधर भ्रस्टाचार बिरोधि अभियान्ता डाक्टर रण बहादुर चन्दले पाँच सय र एक हजार रुपैयाँका नोटहरुलाई नचल्ने बनाउनुपर्ने बताएका छन् । नेपालमा तत्काल भ्रष्टाचार अन्त्य गर्नका लागि यी नोटहरु नचल्ने बनाउनुपर्ने बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा भ्रष्टाचार बढ्यो भनेर सबैले कराईरहेका छन् । जवाफमा हामी केही भन्न सकेका छैनौं । त्यसका लागि अहिले भएका ५०० र १००० का नोटहरुलाई नचल्ने बनाई नयाँ नोट प्रचलनमा ल्याउने निर्णय गर्नु पर्यो । ताकि कसैले थुपारेर राखेको भए नि त्यो काम नलाग्ने हुन्छ । विगतमा गरेको भ्रष्टाचार सकिन्छ ।’

यस्तो छ उनको लेख

‘यदि नेपाली राजनितिक पार्टी र नेताहरु साँच्चिकै नेपाली जनता र नेपाल प्रति जिम्मेवार छन, राष्ट्र निर्माणको नारा सही हो भने हामि नेपाली जनताको सर्वसम्मत अभीयान “मातृभूमि अभीयान” बाट नेपालको सार्वभौम संसदमा एउटा प्रस्ताव दर्ता गर्न लागेका छौँ । त्यो के भने “नेपालको संघीय संसदले नेपाली नागरिकहरुको कुनै पनि बिदेशी बैंकमा सम्पत्ति छ भने नेपाल सरकारको अनुरोधमा सो को विवरण नेपाल सरकारलाई उपलब्ध गराइ दिनुपर्यो भनेर सांसदहरुको दुई तिहाईले वा सर्वसम्मत पास गरि दिनुपर्यो । ताकि नेपालीहरुको भ्रम दूर होस” सांसदहरु धोइ पखाली चोखो हुने पहिलो काम । के यसमा छलफल बहस हुन सक्छ ? कुनै सांसदज्यू ले नि कमेन्ट गर्नुपर्यो ।

नेपालमा भ्रष्टाचार बढ्यो भनेर सबैले कराईरहेका छन । जवाफमा हामी केही भन्न सकेका छैनौँ। त्यसका लागि अहिले भएका ५०० र १००० का नोटहरुलाई नचल्ने बनाई नयाँ नोट प्रचलनमा ल्याउने निर्णय गर्नुपर्यो । ताकि कसैले थुपारेर राखेको भए नि त्यो काम नलाग्ने हुन्छ । बिगतमा गरेको भ्रष्टाचार सकिन्छ । कसैको श्रोत खुलेको ति नोटहरु छन भने तिनले नयाँ नोट पाउँछन । यस निर्णयका लागि नोट छाप्न पैसा लाग्छ ।

नगर्ने, नभन्नुस, नेपाली जनताहरुले १ जनाले १०० रुपैया जम्मा गरेर हामि नोट छाप्ने १० अरब रुपैया जम्मा गर्छौं । यसो गरे सरकारलाई निर्णय गर्न के समस्या ! सबै जनालाई Clean Chit, सहमत कि असहमत ? ल त हजुर आगामि निर्वाचनमा सफा भएर चुनाव लडौं । के यो पारित हुन सक्छ ? यसमा नि कुनै सांसद ज्यूले नि कमेण्ट लेख्नु पर्यो । नेपालीहरुको हैसियत ५ बर्षमा बिश्व सामू अग्र पङ्तिमा देखिनु पर्यो।’

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १२:२६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।