Logo

कर्पोरेट फोकस

आइएमई पेको मन्थ अफ लभ अफर : ५ जनाले सामसुङ स्मार्टफोन जित्ने



आइएमई पे ले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

उक्त अफर यहीँ फेब्रुअरी ३ बाट शुरु भइ २०२३ फेब्रुवरीभरी सञ्चालनमा रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत विजेताहरुको घोषणा हुनेछ ।

डिजिटल माध्यममा कारोबार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन यस अफर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार २१:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।