कुमारी बैंक लिमिटेडका ग्राहकले माइकल ग्रिल्स प्रालिमा विशेष छुट पाउने भएका छन् ।
कुमारी बैंक र माइकल ग्रिल्सबीच बैंकका ग्राहकलाई विशेष छुट प्राप्त प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । डिजिटल कारोबारमा ग्राहक आर्कषित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले यो सहकार्य गरेको हो ।
यस सहकार्यपश्चात् कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्ड वाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले माइकल ग्रिल्सको मध्यबानेश्वर, पेप्सीकोला, गैरीधारा र इमाडोल आउटलेटमा विभिन्न सेवासुविधा उपभोग गर्दा लाग्ने शुल्कमा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । आगामी दिनहरुमा पनि कुमारी बैंकले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाहरुमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरु ल्याइरहने छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।




















प्रतिक्रिया