जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ ।
मंगलबार विस्तार हुन लागेको मन्त्रीपरिषद्मा माओवादी केन्द्रबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रासद साहले जानकारी दिए ।
उनले सोमबार माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका हुन् । आज दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । योसँगै अब मधेश सरकारले पूर्णता पाएको छ ।





















प्रतिक्रिया