Logo

कर्पोरेट फोकस

विकास बैंकहरुले ब्याजदर घटाउने



तरलता सहज बन्दै गएको अवस्थामा वाणिज्य बैंकहरुले राष्ट्रबैंकको चाहना बुझेर ब्याजदर यथावत राख्ने निर्णय गरे पनि विकास बैंकहरुले भने घटाएका छन् ।

विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरुको बैठकले माघका लागि तय निक्षेपको ब्याजदर फागुनमा थोरै भए पनि घटाउने निर्णय गरेको हो ।

ब्याजदर घटाउने विषयमा विकास बैंकका सीइओहरुले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई कुरेका थिए । समीक्षा सार्वजनिक भएपछि उनीहरुले माघका लागि तय ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन९डिबान०को आज बसेको बैठकले फागुनका लागि ब्याजदर घटाउने निर्णय गरेको हो ।

डिबानका अध्यक्ष प्रद्युमन पोखरेलले माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशतले घटाउने निर्णय भएको बताए । ‘माघमा कायम ब्याजदरमा ०.२५ प्रतिशतको विन्दु घटाउँदै फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२.७५ प्रतिशत ब्याजदर कायम गर्ने निर्णय भएको छ’ उनले भने ।

हाल विकास बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १४:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।