कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ ।
बैंक सञ्चालक समितिको बैठकले यही फागुन २२ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा पर्साको वीरगन्जस्थित बैंकको प्रधान कार्यालयमा बिहान ७ः१५ बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित वितरणयोग्य मुनाफा र वितरणयोग्य अन्य कोषहरुबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको कुल ५.२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको लाभांश पारित गर्नेछ । प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने २ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने १३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको नगद लाभांश छन् ।
बोनस सेयर वितरणपछि जारी र चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव सभाले पारित गर्नेछ ।
संस्थापक र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिको सदस्यको मनोनयन वा निर्वाचन सभाले गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले यही फागुन १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।




















प्रतिक्रिया