Logo

टिप्पणी

प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक विश्वासको मत लिँदै !



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक विश्वासको मत लिनुपर्ने भएको छ ।

उनको नेतृत्वमा रहेको सरकारबाट नेकपा एमाले र राप्रपा बाहिरिएसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार छाडेपनि समर्थन भने कायमै राखेको छ ।

एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै प्रचण्ड नेतृत्वको सरकारले दोस्रो पटक विश्वासको मत लिनुपर्ने भएको छ । उनले संवैधानिक व्यवस्थाबमोजिम अगामी ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

उनले अगामी चैत्र १२ गतेभित्र विश्वासको मत लिनुपर्नेछ। तर प्रधानमन्त्री प्रचण्डले पनि ढिलैगरी विश्वासको मत लिने तयारी गरेका छन् ।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचनपछि एमाले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने सम्भावना रहेको भन्दै पटक-पटक विश्वासको मत लिनुभन्दा एमाले सरकारबाट बाहिरिएपछि मात्रै विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पहिलोपटक पुष २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति : फाल्गुन १५, २०७९ सोमबार  ९ : २२ बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।