Logo

अर्थ

एनआईसी एशिया बैंकका कारण सुकुम्बासी बन्दै ऋणी



काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाविरुद्ध व्यवसायी तथा ऋणीहरु रुष्ट बन्न थालेका छन् । चर्काे ब्याज र जरिवाना पनि लिने गरेकाे आराेप लगाउँदै एनआइसी बैंकविरुद्ध व्यवसायीहरु खरो रुपमा उत्रिन थालेका छन् ।

बैंक तथा वित्तीय संस्था नाफामुखी मात्रै भएकाे भन्दै सडकदेखि सदनमा आवाज उठ्न थालेकाे छ । फेरि एनआइसी बैंक एकपछि अर्काे विवादमा तानिँदै गएकाे छ ।

‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने नारा रहेकाे एनआईसी एशिया बैंकले भने ऋणीसँग दुश्मनी गरिरहेको ऋणीको आरोप छ । व्यवसायीहरुले सार्वजनिक रुपमा नै एनआईसी एसिया बैंकलाई लुटाहा र चोर बैंकको संज्ञा दिन थालेका छन् ।

बैंक तथा वित्तीय संथाविरुद्ध खरो रुपमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईले त टेलिभिजन अन्तर्वार्तामै एनआईसी एसिया जस्तो लुटाहा प्रवृत्ति भएको बैंक कुनै नरहेको दाबी गरेका छन् ।

पछिल्लो समय एनआईसी एसिया बैंक ऋणीहरुको करोडौँ रुपैयाँको सम्पत्ति हडप्ने नियतमा लागेको ऋणीहरुको आरोप छ । सो बैंकले ऋणीहरुमाथि ठगी गरिरहेको घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेको छ ।

बैंकले राष्ट्र बैंकको नीति विपरित ऋणीहरुसँग चर्को ब्याज असुल्ने गरेको, एक दुई महिना किस्ता बुझाउन नसके करोडौँको सम्पत्ति लिलामी गरेकाे र चर्काे ब्याज र जरिवानासमेत लिने गरेको ऋणीहरुको आरोप छ ।

बैंकले व्यवसायीहरुसँग आफू खुशी ब्याजदर बढाएर कर्जा लिँदा गरेको सम्झौताको दोब्बर बढीसम्म ब्याज असुल्ने गरेको रहस्य बाहिरिएको छ । नाम नबताउने सर्तमा एक व्यवसायीले भनिन्, ‘एनआईसी एसिया बैंक त नेपालकै सबैभन्दा ठग बैंक हो । ग्राहकले २ चोटी किस्ता नबुझाउँदा घर नै लिलाम गर्दिन्छ । यसले धेरै मान्छेलाई सुकुम्बासी बन्ने अवस्थामा पुर्याएको छ । सबैभन्दा चुतिया बैंक भनेको एनआईसी एसिया बैंक हो ।’

एनईसी एसिया बैंकले राष्ट्र बैंकमा सेटिङ मिलाउने गरेकोले राष्ट्र बैंकसमेत मुकदर्शक बनेर हेरिरहेको आरोप लगाउँछन् । उक्त बैंकले केद्रीय बैंकलाई नै किनेकोले राष्ट्र बैंकमा उजुरी गर्न जाँदा समेत कुनै सुनुवाई नभएको व्यवसायीको आरोप छ ।

हाउजिङ व्यवसायी सुधिर बस्नेतले २ अर्बभन्दा बढी पर्ने जग्गा धितो राखेर एनआईसी एसिया बैंकबाट १४ करोड ऋण लिएका थिए । अहिले उक्त जग्गा बैंकले जबर्जस्ति आफ्नो कब्जामा पारेको छ । सुधिर बस्नेत जेल परेको बेला एनआईसी एसिया बैंकले जबर्जस्ति अर्बौको सम्पत्ति हात पार्न खोजेको उनका बुवा सुनिल बस्नेतको आरोप छ । बैंकको ऋण तिर्न खोज्दा खोज्दै उक्त जग्गा हडप्न खोजेको उनको आरोप छ ।

एनआईसी एसिया बैंककै कारण धेरै मानिस सडकमा आईपुगेको उनको आरोप छ । उनी भन्छन्- ‘एनआईसी एसिया बैंकले धेरै नेपालीहरुलाई सडक छाप र बर्बाद बनाएको छ । आत्महत्या गर्नेसम्म पोजिसनमा पुर्याएको छ । एनआईसी एसिया बैंकले मारवाडी बैंक भएकै कारण यिनीहरुले कम्प्रमाइज नगर्ने खाल्का परे । नेपालीहरुको प्राईम लोकेसनको अर्बौं रुपैयाँको सम्पत्ति दशबाह्र करोडमै खाइदिने खाल्को यिनीहरुको प्लान छ । यीनलाई कसले  चाहिँ फ्रेमाइज गरेको छ ? राष्ट्र बैंकले पनि कन्ट्रोलर भएको हुनाले हेर्नु पर्थ्यो ।’

बैंकले आफ्नो अर्बौंको सम्पत्ति हात पार्न गुण्डागर्दी शैलीमा प्रस्तुत भएको उनी बताउँछन् । उनी भन्छन्- ‘हाम्रो मुख्य समस्य भनेको सुधिर बस्नेतको २१/२२ वटा प्रोजेक्ट हाउजिङ, त्यसमध्ये धापासी हाइड प्राईम लोकेसनमा उसले पाँच-छ वटा बिल्डिङ बनाएको छ । २४/२५ रोपनी कम्पाउण्डभित्र बनाउँदै थियो । बिजनेसमेनलाई काम गर्दा गर्दै कहिले काहीँ समस्या भएर लोन लिनुपर्ने हुन्छ । त्यसपछि १४ करोड ऋण लिएको एनआईसी एसियाबाट । नेपालको समस्या कहिले राजनीतिक समस्य, कहिले के–कहिले के । यो सबै समस्याले गर्दा डामाडोल भइदियो । त्यहीबेला प्लेन पनि दुर्घटना भइदियो । त्यो ब्याटलक पनि हो एउटा कुरा । फेरि त्यहीबेला फाईनान्समा क्र्यास आयो ।

१४ करोड लोन लिएको एनआईसी एशिया बैंकसँग । पैसा तिरिरहेकै थियौं, तिर्दा तिर्दै पनि सुधिरलाई जेल पठाइदियो । जेल बसेका बेलामा बैंकले बदमासी के गर्यो भने धितो राखेको सबै प्रोपर्टी आफ्नो नाममा ल्यायो ।’

जेलबाट छुटेपछि सुधिरले आफ्नो सम्पति फर्ता पाउँ भनेर बारम्बार बैंकसँग आग्रह गर्दा पनि फिर्ता नरन नमानेको उनले बताए ।

बैंकमा मारवाडी सञ्चालकहरुको गुन्डागर्दी र दादागिरी रहेको उनको आरोप छ ।  पैसा तिर्छु भन्दा भन्दै अर्बौ सम्पत्ति हडप्न खोजेको उनी बताउँछन् ।

यी त प्रतिनिधि घटना मात्र भए । बैंकमा रहेका ग्राहकको खाताबाट रकम गायव पारेको, २० करोडको ऋणमा डेढ अर्बको जग्गा हत्याउन जालसाजी गरेको, धितो लिलामीमै किर्ते गरेकोदेखि राष्ट्र बैंकको निर्देशन विपरीत कोरोना महामारीमा पनि चर्को ब्याज असुलेको जस्ता विषयमा एनआईसी एसिया विगतमा पटकौं विवादमा तानिएको थियो ।

आफूलाई नम्बर वान घोषणा गर्दै बैंक साबित गर्दै आएको एनआईसी एसिया बैंकले गरेको गम्भीर अपराधका घटना एक पछि अर्को गरी छताछुल्ल भएका छन् ।

यो पनी पढ्नुहोस्

गम्भीर अपराधमा मुछिएको एनआईसी एशिया सीआईबीको निगरानीमा, राष्ट्र बैंक मुकदर्शक

एनआईसी एशिया बैंकमा चरम असन्तुष्टि, धमाधम बैंक छोड्दै उच्चपदस्थ कर्मचारी (भाग-३)

एनआईसी एसिया बैंकले लियो ऋणीको ज्यान,पीडित भन्छन् – छाक टार्न सक्ने अवस्था छैन किस्ता कसरी तिर्नु ? (भाग-२)

सिइओ साप ! एनआईसी एशिया बैंकलाई बजारमा चोर बैंक भन्छन् नि, अब कहिले सुध्रने ? (भिडियो सहित)

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार १२:४१   :  बजे

498
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।