Logo

टिभीएसको एकैपटक १२ वटा नयाँ शोरुम उद्घाटन



नेपालका लागि टिभीएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले एकै पटक १२ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । आफ्नो सेवा विस्तारका क्रममा कम्पनीले नेपालीहरुको महान चाड बडादशैंको विशेष अवसरमा घटस्थापनाको साइतमा नयाँ शोरुम संचालनमा ल्याएको हो । 

कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुमहरु थपिएका छन् । यी शोरुमहरु सहित अब देशभरमा टिभीएसका १३२वटा शोरुम पुगेका छन् । 

नयाँ शोरुम संचालनमा आएको अवशरमा कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने, ‘आजबाट टिभीएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टिभीएसको प्रोडक्ट पूगेको छ । नेपालमा हरेक वर्गलाई उपयुक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा बिस्वस लागेको छ । अब ‘एक घर एक टिभीएस‘ मात्र होइन ‘एक व्यक्ति एक टिभीएस’ बनाउने लक्षका साथ हामीलाई अगाडि बढ्नमा यी नयाँ शोरुमहरुले अझ मद्दत पुर्याउने छ ।’

अहिले टिभीएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आउको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ ।  

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १५:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।