Logo

बागमती प्रदेश

हेटौँडामा विद्युतीय तार भूमिगत गर्ने निर्णय



बाग्मती । बाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको विद्युतीय तारलाई भूमिगत गर्ने निर्णय गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको २०औँ कार्यपालिका बैठकले यहाँको मुख्य बजार क्षेत्रका खम्बामा रहेका तारलाई भूमिगत गर्ने निर्णय गरेको हो ।

वडा नं १, २, ४, ५ र १० का विभिन्न स्थानका खम्बामा रहेका तारलाई भूमिगत गरिने उपमहानगरपालिकाले जनाएको छ । तार व्यवस्थापनका लागि नेपाल विद्युत् प्राधिकरणलाई कार्यपालिकाको बैठकले गरेको निर्णयसँगै सिफारिसपत्र समेत पठाउने तयारी रहेको नगरप्रमुख मीनाकुमारी लामाले बताइन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार १४:२४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।