नेपाल उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
उद्योग बाणिज्य महासंघको पहिलो चरणमा भएको निर्वाचनमा कोही उम्मेद्वारले ५१ प्रतिशत मत कटाउन नसकेपछि दोश्रो चरणको तयारी गरेको थियो । दोश्रो चरणको निर्वाचन हुनुअघि सहमतिका लागि केही समय मागेका उम्मेद्वारहरुले वरिष्ठ उपाध्यक्षमा अन्जनको पक्षमा सहमति गरेपछि उनी सर्वसम्मत चयन भएका हुन् ।
श्रेष्ठ चयन भएपनि घोषणा हुन् बाँकी रहेको छ । महासंघ वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ प्रतिस्पर्धामा रहेका थिए ।




















प्रतिक्रिया