Logo

अर्थ

छिटो छरितो काम गर्न कर्मचारीलाई उद्योगमन्त्रीको निर्देशन



काठमाण्डाै । पर्सा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला भरिका सरकारी कार्यालय प्रमुखहरुको उपस्थिति रहेको कार्यक्रममा मन्त्री रिजालले पर्साको ठोरी, निर्मलबस्ती र विजयबस्तिको जग्गा अहिलेसम्म हाल साबिक हुन नसकेको प्रति प्रश्न गर्दै, जनतालाई सास्ती नदिई सहज तवरले कामहरू सम्पन्न गर्न निर्देशन दिएका हो ।

यस क्षेत्रका स्थानीय जनतालाई पुरानो नापिले लालपुर्जा हस्तान्तरण गरे पनि नयाँ लालपुर्जा र हाल साबिक हुन भने सकेको छैन । मन्त्री रिजालले कामका लागि आउने जनतालाई कार्यालयमा झारोटार्ने अनि कुरा ब्यगयाउने जस्त गुनासाहरु दिनहु आउने गरेको समेत कर्मचारीहरुलाई अवगत गराए ।

“कहाँ ग्यारेन्टी बस्नु पर्छ म बस्छु तर जनताको काम गरेर देश बनाउने अभियानमा लाग्नुस” भन्दै मन्त्री रिजालले देशमा रहेको आर्थिक संकटसँग लड्न कर्मचारीहरुको अहम् भूमिका रहने बताउँदै काँधमा काँध मिलाएर अघि बढ्न समेत निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १७:४०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।