Logo

समाचार

भ्रमणूर्ण सूचना फैलाएको भन्दै फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का



काठमाडौं । भ्रमणूर्ण सूचना फैलाएको भन्दै फ्लाई दुबैका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का गरिएको छ । विनाप्रमाण सोमबार काठमाडौंबाट दुबै उडेको जहाजमा चरा ठोकिएको सूचना फैलाएको भन्दै नेपाल उड्डयन प्राधिकरणले तत्कालनका लागि उनीहरुको पास रोक्का गरेको हो ।

सोमबार राति फ्लाई दुबईको जहाजको इन्जिनमा आएको समस्याबारे चरा ठोक्किएको भनेर लगत सूचना फैलाएकाले दुवै जनाको पास रोक्का गरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताए । नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो । त्यसपछि पाइलटले काठमाडौं विमानस्थलको टावरलाई ‘आफ्नो जहाजको बायाँ इन्जिनमा आगलागी भएको’ जानकारी दिँदै आकस्मिक अवतरण गर्न काठमाडौंमै फर्किने बताए पनि पछि उक्त जहाज दुबई नै गएको थियो । नेपाली समय अनुसार राति दुई बजे (स्थानीय समय अनुसार १२ बजेर ११ मिनेटमा) उक्त जहाजले दुबईमा सफल अवतरण गरेको थियो ।

सोमबार राति नै फ्लाई दुबईले दुबईबाट ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो  । दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १५:०१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।