Logo

अटो

नेपालमै बन्ने भयाे सामसङ टेलिभिजन, नवलपरासीमा उद्घाटन



काठमाडौं । स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्डहरुका विश्वव्यापी अग्रणी कम्पनीहरु मध्येको एक सामसङले नेपालमा वर्षौदेखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज एक ल्याण्डमार्क टेलिभिजन कारखानाको उद्घाटन गरेको छ । स्थानीय अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने गरी नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो उदाहरण हो ।

सामसङको यो नयाँ टेलिभिजन कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष एवंम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कले संयुक्त रुपमा गरेका थिए । उक्त उद्घाटन समारोहमा गोल्छा समुहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुन पार्क, लगायत अन्य स्थानीय अधिकारीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष एवंम् प्रमुख कार्यकारी अधिकृत जे बि पार्कलेनेपालमा २ दशकभन्दा बढी समयदेखि रहिरहेको सामसङले नेपाली जनतासँग एउटा बलियो सम्बन्ध गाँसिसकेको बताए ।

समारोहलाई सम्बोधन गर्दै गोल्छा समुहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक शेखर गोल्छाले विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजार प्रति गहिरो अभिरुची देखाएको बताए । यस क्षेत्रलाई प्रवर्द्धन गर्ने उपयुक्त नीतिहरुसँगै हामीले देशको अर्थतन्त्रमा रोजगारी, मुल्य अभिवृद्धि र देशको सिमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदान पुगेको बताए ।

यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मा गरिएको थियो । नयाँ सुविधायुक्त यस कारखाना नेपालको उत्पादनको यात्रामा एक कोसेढुँगा हो र यसले स्थानीय उद्यम, नयाँ सिपहरु, खोजहरु र रोजगारसंग देशमा इलेकट्रोनिक्स क्षेत्रको रुपान्तरण गरिरहेको छ । यसले देशमा दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न, अझ धेरै रोजगारहरु सिर्जना गर्न र मजबुत इलेक्ट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न मद्दत गर्नेछ ।

सामसङ नेपालमा २ दशकभन्दा बढीदेखि चिरपरिचित छ । आज, यो कम्पनी देशमा एक घरेलु नाम बनिसकेको छ । यसले नेपालको बजारमा आफ्नो साझेदारसँग मिलेर हाल उपभोग्य इलेक्ट्रोनिक्स उत्पादनहरु जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेशिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्री वितरण गर्दछ । देशभर सामसङको ५०० वटा इलेक्ट्रोनिक्स रिटेल पसलहरु र ग्राहक सेवा केन्द्रहरुको सञ्जालमा रहेका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १७:३३   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।