सबैभन्दा पहिले फोनको घण्टी बज्छ । एक वृद्ध मानिसले फोन उठाउँछन् । आफ्नो नाम ‘विलियम ग्रान्ट’ भन्दै फोन गर्ने व्यक्तिले आफू सोलो क्यापिटल्स नामक व्यापारिक कम्पनीबाट आएको वृद्ध मानिसलाई बताउँछन् । फाेन गर्ने व्यक्तिले बताउँछन् कि उनीसँग वृद्ध मानिसका लागि ‘एक प्रमाेशनल प्रस्ताव’ छ।
बूढो मानिस अलि स्तब्ध र कमजोर देखिन्छन् र उसलाई भन्छन्, ‘होइन, मलाई यो प्रस्ताव चाहिँदैन। मलाई रुची छैन। तर, फाेन गर्ने विलियम ग्रान्ट वृद्ध मानिसको पछि लाग्छन्। उसले ती वृद्ध मानिसलाई भन्छन, ‘म तपाईँलाई एउटा प्रश्न सोध्छु।’
‘के तपाईँलाई पैसा कमाउन रुचि छ ?’
ती वृद्ध मानिस हुन् स्वीडेनमा बस्ने ७५ वर्षीय पेन्सनभोगी जान एरिक । उनी ठगीको सिकार बन्न लागेका छन् । त्यो पनि दोस्रो पटक । उनलाई त्याे कल क्रिप्टोकरेन्सीमा कारोबार गर्ने जर्जियास्थित कम्पनी सोलो क्यापिटल्सको कार्यालयबाट गरिएको थियाे।
यो कल सुन्दा वृद्व मानिसलाई साह्रै पीडा हुन्छ । किनकी जान एरिक यस्ताे घाेटालामा परिसकेका छन् । वृद्वले उनीहरुलाई फोनमा भनेका छन् कि उनीले पहिले नै यस्तै व्यापार घोटालामा १० लाख क्रोना (स्वीडेनको मुद्रा) अर्थात् करिब १२ कराेड रुपैयाँ गुमाइसकेका छन्।
तर, फोन गर्नेलाई यो कुरा पहिले नै थाहा हुन्छ। र, उसलाई यो पनि थाहा छ कि यो पीडितलाई बारम्बार फाेन गरेर ‘रिकभरी स्क्याम’ चलाउँदा राम्राे हुने संम्भावना छ। कल गर्ने व्यक्तिले जान एरिकलाई आफ्नो कार्ड विवरण दिएर २५० युरो तिर्यो भने सोलो क्यापिटलले आफ्नो हराएको लगानी पत्ता लगाउन र पैसा फिर्ता गर्न विशेष सफ्टवेयर प्रयोग गर्नेछ भनी बताउँछन्।
विलियम ग्रान्टले फोनमा भने, ‘हामी पूरा रकम फिर्ता गर्न सक्षम हुनेछौं।’ जान एरिकलाई यसका लागि मनाउन केही समय लाग्छ। तर, करिब आधा घण्टा फोनमा कुरा गरेपछि, जान एरिकले आफ्नो क्रेडिट कार्डको जानकारी दिन थाल्छन्।
यो अडियो रेकर्डिङको फाइल सोलो क्यापिटल्स कम्पनीले ‘विलियम स्वीडेन स्क्याम्ड’ नाममा सेभ गरेको थियो। बीबीसीले उक्त फाइल कम्पनीका पूर्व कर्मचारीबाट लिएको छ। तर कम्पनीले यसलाई लुकाउन कुनै विशेष प्रयास पनि नगरेकाे देखिन्छ ।
सत्य यो हो कि कम्पनीले आफ्नो प्रशिक्षण प्याकेज अन्तर्गत आफ्ना नयाँ प्रशिक्षार्थीहरूलाई यो फाइल दिएको थियो। यो मानिसहरूलाई स्क्याममा फसाउन सिकाउने एक ट्यूटोरियल थियो।
त्यो घोटाला
एक वर्षभन्दा बढी समयदेखि, जान एरिक्स जस्ता शंकास्पद ग्राहकहरूलाई एक अर्ब डलरभन्दा बढीको ठगी गर्ने सयौं लगानी फर्महरूको व्यापारिक जालसाजीको विश्वव्यापी नेटवर्कको अनुसन्धान भइरहेकाे छ।
पहिलो पटक, अनुसन्धानले यो ठगीको हदलाई प्रकट गर्दैछ। थप रूपमा, अनुसन्धानले यस घोटालाको पछाडि रहेको रहस्यमय व्यक्तिहरूको नेटवर्क पनि पहिचान गरेको छ। प्रहरीले यो ठगीको सञ्जाल मिल्टन ग्रुपको नामबाट रहेकाे बताएकाे छ । सुरुमा यो नाम घोटाला गर्नेहरूले आफैं प्रयोग गर्थे। तर २०२० मा उनीहरुले यो नाम प्रयोग गर्न बन्द गरे।
बीबीसीले ठगी प्रकरणमा सोलो क्यापिटलहरू सहित १५२ नामहरू पहिचान गरेकाे जनाएकाे छ, जो यस ठगी नेटवर्कमा संलग्न हुन सक्छन्। यी सञ्जालहरू लगानीकर्ताहरूलाई लक्षित गरी लाखौं वा करोडौं रकम असुल्नका लागि सञ्चालित हुन्छन्।
मिल्टन समूहमा समावेश एक लगानी कम्पनीले एक प्रमुख स्पेनी फुटबल क्लबलाई प्रायोजित गर्यो र सम्भावित लगानीकर्ताहरू बीच विश्वसनीयता निर्माण गर्न प्रमुख पत्रपत्रिकाहरूमा विज्ञापनहरू राख्यो। नोभेम्बरमा, बीबीसी टोलीले अध्ययनकाे लागि जर्जियाको राजधानी टिबिलिसीका कल सेन्टरहरूमा छापा मार्दा जर्मन र जर्जियाली पुलिसले साथ दिए।
कम्प्युटर स्क्रिनमा बीबीसीले बेलायतका फोन नम्बरहरूको लामो सूची देख्यौं। धेरै बेलायती नागरिकहरूलाई फोन गरेर कुरा गर्दा उनीहरुले हालै आफ्नो पैसा लगानी गरेको बताए । टेबुलमा नामहरूको सूची र स्क्यामरहरूलाई मद्दत गर्नका लागि केही उपयोगी जानकारीसहितको एउटा हस्तलिखित नोट थियो। उदाहरणका लागि, ‘घरको मालिक, कुनै विशेष खर्च छैन’, ‘५० हजार बचत’, ‘पोल्यान्डबाट बेलायती नागरिक’, ‘शेयर बजारमा ५० हजार’, इत्यादि…
बेलायती नागरिकको नामसहित दिइएको नोटमा लेखिएको थियो, ‘१० हजारभन्दा कमको बचत । छिट्टै बचत गर्नुपर्छ । ‘ ठगीको यो सञ्जालको सिकार भएका अधिकांशले सामाजिक सञ्जालमा विज्ञापन देखेपछि मात्रै कम्पनीमा सम्पर्क गरेका थिए । ४८ घन्टाभित्र जसले ती विज्ञापन हेरेर कम्पनीमा फाेन गर्थे, उनीलाई कसैको फोन आउँथ्यो, जसले उनीहरुलाई हरेक दिन आफ्नो लगानीको ९० प्रतिशतसम्म रिटर्न पाउने बताएको थियो ।
फोनको अर्को छेउमा सामान्यतया कल सेन्टर हुन्छ, जहाँ यसलाई वैध व्यवसायको रूपमा देखाउन धेरै व्यवस्था गरिएको छ। त्यहाँ मानव संसाधन विभागसँग एक आधुनिक र स्मार्ट कार्यालय छ। महिनाभर जागिर र बोनस दिइन्छ।
बिदाहरूमा पनि तलब आउँछ, र त्यहाँ उत्कृष्ट विक्रेताको लागि कर्मचारीहरू बीच प्रतिस्पर्धा छ। धेरै कल सेन्टरहरूमा चर्को संगीत पनि बजाइन्छ। तर, यी कार्यालयहरूमा यस्ता धेरै चीजहरू छन्, जुन तपाईंले कुनै पनि वैध व्यापार कार्यालयमा देख्नुहुनेछैन। जस्तै सम्भावित लगानीकर्ताको कमजोरीहरू कसरी पहिचान गर्ने र त्यसपछि ती कमजोरीहरूलाई त्यस व्यक्तिको विरुद्धमा प्रयोग गर्ने लिखित निर्देशनहरू मात्र छ।
पहिलो फोन कलको साथ, ठगी पीडितहरूलाई वैध कम्पनीहरूमा वा कहिलेकाहीँ अवैध / काल्पनिक र अपत्यारिलाे कम्पनीहरूमा लगानी गर्न भनिन्छ।
वैध व्यापारिक कम्पनीहरूमा दर्ता भएका धेरै पीडितहरूलाई उनीहरूका दलालहरूले उच्च जोखिमको व्यापारमा लगानी गर्न प्रोत्साहित गर्छन, जसले ग्राहकको पैसा गुमाउन सक्छ र दलालले उनीहरुबाट धेरै नाफा कमाउँछन्।
केही पीडितहरूलाई सफ्टवेयर डाउनलोड गर्न निर्देशन दिइन्छ जसले घोटाला गर्नेहरूलाई टाढाबाट आफ्नो कम्प्युटरहरू सञ्चालन गर्न र सेयरहरू किन्न र उनीहरूको तर्फबाट लगानी गर्न आदेशहरू दिन अनुमति दिन्छ।
र, मिल्टन समूहका कम्पनीहरूका पूर्व कर्मचारीहरूका अनुसार, धेरै ग्राहकहरूले महसुस गर्छन कि आफूहरु वास्तवमा स्टक बजारमा व्यापार गरिरहेका थिए। तर वास्तविकता उनीहरुको कमाई ठगी भइरहेकाे थियो।
युक्रेनको राजधानी किभमा रहेको मिल्टन समूहको कार्यालयका पूर्व कर्मचारी एलेक्सले भने: ‘ठगीका पीडितहरूले कम्पनीमा आफ्नो वास्तविक खाता छ भन्ने विश्वास गर्छन्। तर, यथार्थमा सेयरको खरिद–बिक्री वास्तवमा भएकाे हुँदैन। त्यहाँ नक्कली व्यापार मात्र हुन्थ्यो ।
घोटाला कसरी भइरहेको छ भनेर बुझ्न बीबीसीले शेयर बजारमा लगानी गर्न चाहने व्यक्तिको रूपमा मिल्टन समूहको व्यापारिक कम्पनी कोइनिभोलाई सम्पर्क गर्यो। बीबीसीका अिधकारीहरुलाई कम्पनीका एक सल्लाहकारले सम्पर्क गरेका थिए, जसले आफूलाई प्याट्रिक भनेर चिनाएकाे बीबीसीले उल्लेख गरेकाे छ । र अधिकारीहरुलाई उनले दाबी साथ सम्झाइन कि, ‘अधिकारीहरुले एक दिनको व्यापारबाट ७०, ८० वा ९०% पनि नाफा कमाउन सक्छन।’
उनले बीबीसीका अनुसन्धानकर्ताहरुलाई भनिन् कि व्यापार सुरु गर्न ५०० डलर जम्मा गर्न आवश्यक छ। उनले यो रकम बिटक्वाइनको रुपमा जम्मा गर्न आग्रह गरिन । प्याट्रिकले बीबीसीका टोली सदस्यलाई आफ्नो राहदानीको प्रतिलिपि दिन आग्रह गरिन। र जब बीबीसीका अनुसन्धानकर्ताले उनीलाई नक्कली राहदानीकाे प्रतिलिपी दिए, उनीहरुले उनको कम्पनीमा लगभग दुई महिनासम्म आफ्नाे खाता खोल्न सक्षम भए।
कोइनिभोलाई यो फेक अकाउन्टको बारेमा पछि थाहा भएको जस्तो देखिन्छ। त्यतिबेला प्याट्रिकले बीबीसीका अनुसन्धानकर्तालाई इ-मेल लेखिन, जसमा उनले धेरै दुर्व्यवहारपूर्ण भाषाकाे प्रयाेग गरेकाे र सम्पर्क तोडिदिएकाे बीबीसीका अधिकारीहरुले बताए।
तर बीबीसीका अनुसन्धानकर्ताहरुले जम्मा गरेको रकम उनीहरुको सिस्टममा पुगिसकेको थियो । बीबीसीका अनुसन्धानकर्ताले त्याे पैसा ट्रेस गर्न सक्षम भएकाे बताए। त्याे रकम धेरै बिटकोइन वालेटहरूमा धेरै साना टुक्राहरूमा राखिएको बीबीसीले जनाएकाे छ, जुन सम्भवतः सबै मिल्टन समूहसँग जोडिएको थियो।
विज्ञहरूले बीबीसी अनुसन्धानकर्ताहरुलाई भने कि वास्तविक वित्तीय कम्पनीहरूले यसरी पैसा हेरफेर गर्दैनन्। क्रिप्टोकरेन्सी र जालसाजी मुद्दामा विशेषज्ञ वकिल लुइस एबटले बिटक्वाइनमा बीबीसीका अनुसन्धानकर्ताकाे तर्फबाट जम्मा गरिएको पैसाको आवागमनको अनुसन्धान गरेकाे र यो ‘ठूलो मात्रामा संगठित अपराध’ भएको बताइएकाे छ।
सजिलो शिकार
टेलिफोन कारोबार घोटालाका पीडितहरूको आर्थिक र सामाजिक स्थिति प्रायः तिनीहरूको विरुद्ध प्रयोग गरियो। धेरै पैसा बचत गरेको बताउनेहरु ठूलो लगानी गर्ने दिशामा धकेलिएका थिए ।
जो एक्लै बस्ने गर्दथे, ठगहरुले उनीहरुसँग मित्रता गर्थे । भर्खरै सेवा निवृत्त महिला, जेनलाइृ ठग्नु (हामीले यो रिपोर्टको लागि उनको नाम परिवर्तन गरेका छौं) ठगीहरुकाे एक सजिलो लक्ष्य थियो। उनले भर्खरै आफ्नो स्वतन्त्र इच्छाबाट अवकाश लिएकी थिइन र उनको खातामा २० हजार पाउन्ड रहेको थियो।
जेनले सोचेकी थिइन् कि यदि उनले यो पैसा बुद्धिमानीपूर्वक सही ठाउँमा लगाइन भने, आगामी दिनमा पेन्सन बाहेक अरू केही आम्दानी हुनेछ। जुन २०२० मा, जब पहिलो पटक लकडाउन लगाइएको थियो, उनले EverFX नामको कम्पनीको अनलाइन विज्ञापन देखिन ।

जेनले कम्पनीको वेबसाइट मार्फत EverFX मा सन्देश पठाइन र त्यसपछि कम्पनीले बोलायाे। त्यसपछि, उनको कुराकानी एक व्यक्तिसँग भएकाे थियो । उनलाई त्याे व्यक्ति एक वरिष्ठ व्यापारी हो भनिएको थियो।
उसले जेनलाई युक्रेनको ओडेसा सहरबाट बोलाएको र उसको नाम डेभिड हन्ट भएको बताएको थियो। जेन भन्छिन् कि उनको कुराकानीको स्वर पूर्वी युरोपको कोही जस्तो थियो। तर, उनी कुन देशका हुन् भन्ने ठ्याक्कै बुझ्न सकिनन् । जेनले त्याे मानिसलाई मन पराइन।
केही दिनमै, जेन र त्यो मानिस नजिक भए र हरेक बिहान कुरा गर्न थाले। र जेनले पनि उसलाई आफ्नो सम्झिन थालेकी थिइन् । जेनका लागि पैसा महत्वपूर्ण थियाे। उनकाे छतको मर्मत गर्नुपर्ने थियाे र उनलाई पेन्सनसँगै आम्दानीको अर्को स्रोत चाहिएकाे थियाे।
जेनले भनिन् कि डेभिड हन्टले यी आवश्यकताहरूका आधारमा उनलाई फसाइदियाे । उनलाई निश्चित ट्रेडहरू गरेर छतको मर्मतको लागि पैसा कमाउन सकिने भनेर लाेभ्याइयाे । अर्को केही महिनाहरूमा, जेनले 15,000 पाउण्ड लगानी गरिन। तर त्याे ठगले व्यापारले धेरै राम्रो प्रतिफल निदएकाे भनेर, त्यहाँबाट पैसा निकाल्न सल्लाह दियाे, र त्यसपछि त्यो रकम अर्को ट्रेडिंग कम्पनी B-ProFX मा लगानी गर्न लगाइयाे, जहाँ राम्रो प्रतिफल प्राप्त हुने विश्वास दिलाइयाे । त्यो समयसम्म, जेनले डेभिड हन्टलाई पूर्ण रूपमा विश्वास गर्न थालेकी थिइन । उनी भन्छिन्, ‘मैले उनलाई राम्ररी चिन्छु भन्ने लाग्थ्यो र उसको दिमागमा मेरो कल्याण मात्रै छ भन्ने लाग्थ्यो । त्यसैले म उसको सल्लाह अनुसार निर्णय लिन राजी भएँ।’ तर जेनलाई थाहा भएन कि B-ProFX डोमिनिकन रिपब्लिकमा आधारित अवैध कम्पनी हो।
सत्य यो हो कि बेलायतमा दर्ता भएको र EverFX को कानूनी दायरा भित्र रहँदा पनि यसले बेलायती नागरिकहरूलाई ठगी गर्नबाट रोकेको छैन। तर B-ProFX मा लगानी गरेपछि, जेनसँग सुरक्षाको विकल्प पनि थिएन, जुन उनले ब्रिटिश कानून अन्तर्गत पाउन सक्थिन।
जेनले सेप्टेम्बर २०२० मा B-ProFX मा २०,००० पाउन्ड लगानी गर्न राजी भइन्, र डेभिड हन्टले उनलाई आगामी केही महिनासम्म विभिन्न व्यापारिक सुझावहरू बताइरहेका थिए । तर हरेक पटक जेनले पैसा गुमाउँदै गइन।
अन्य पीडितहरूले आफू पनि त्यस्तै लुटपाट भएको बीबीसीका अनुसन्धान अधिकारीलाई बताए। लन्डनका बासिन्दा ब्यारी बर्नेटले एभरएफएक्सको विज्ञापन देखेपछि लगानी गर्न थालेको बताए । तर केही प्रारम्भिक लाभ पछि, उनले अचानक 24 घण्टा भित्र दस हजार पाउन्ड गुमाए। ब्यारीका सल्लाहकारले उनलाई यस घाटाको दलदलबाट बाहिर निकाल्नको लागि व्यापारमा थप 25,000 पाउन्ड लगानी गर्न दबाब दिए। ब्यारीले भने, ‘दुई घण्टाभित्र मलाई करिब आधा दर्जन फोन आएका थिए । ती सबै मानिसहरूले मलाई थप पैसा लगानी गर्न आग्रह गरिरहेका थिए।’
जेनले पनि डेभिड हन्टबाट यस्तै दबाबको सामना गरिन्। “मैले जति धेरै पैसा लगानी गर्छु, त्यति नै म मेरो घाटा पूर्ति गर्न सक्छु,” जेनीलाई यस्ताे विश्वास गर्ने बनाइयाे ।
बरु, ब्यारी र जेन दुवैले अन्ततः व्यापार रोक्न निर्णय गरे। ब्यारीले १२ हजार पाउण्ड गुमाएका थिए भने जेनले २७ हजार पाउन्ड गुमाएकी थिइन।
ब्यारीले भने, ‘म आतंकमा छु र म शून्ने छु।’ आफ्नो हराएको पैसा फिर्ता गर्ने प्रयासमा, दुवैले दर्जनौं पटक फोन गरे। तर त्यसको कुनै उपयोग भएन । डेभिड हन्टले जेनको फोन कलहरू उठाउन बन्द गरे। जेनले आफ्नो सबै पैसा गुमाएको महसुस गरिन्।
जेनले भनिन्, ‘जब मैले यो थाहा पाएँ, त्यो दिन मेरो जन्मदिन थियो । महामारी फैलिरहेको थियो र मेरो परिवारले घरबाहिर एउटा सानो पार्टी आयोजना गरेको थियो। उसले मेरो लागि केक पनि ल्याइदिएकाे थियाे । म खुशी देखिने कोसिस गरिरहेको थिएँ तर मलाई असाध्यै लाज लाग्यो। धर्ती विस्फोट हुनेछ र म त्यसमा समाहित हुनेछु भन्ने लागेको थियो ।’ जेनलाई आफ्नो विश्वासघातमा परेकाे विषयमा कसैलाई बताउन साहस जुटाउन धेरै महिना लाग्यो।
लिङ्क घोटाला
मिल्टन समूहका यी गतिविधिबारे पहिले नै अनुसन्धान भइसकेको थियो। यो अनुसन्धान स्वीडेनको अखबार डागेन्स नाइटर र अन्यले गरेका थिए। तर बीबीसीले घोटालाको यो विश्वव्यापी वेबको पछाडि ठूला नामहरू को थिए भनेर पत्ता लगाउने निर्णय गर्यो।

बीबीसी अनुसन्धानकर्ताहरुले मिल्टन समूहका कम्पनीहरू बीचको सम्बन्ध निर्धारण गर्न सार्वजनिक रूपमा उपलब्ध कर्पोरेट कागजातहरू जाँच गरेर सुरु अनुसन्धानकाे सुरुवात गरे । पाँच जनाको नाम बारम्बार आइपुग्यो । यी नामहरू, मिल्टन समूहको व्यापारिक कम्पनीहरू वा सहायक टेक्नोलोजी कम्पनीहरूको निर्देशकको रूपमा सूचीबद्ध, डेभिड टोडुआ, रेटी त्खेलिड्जे, गुराम गोगेश्विली जोसेफ म्यागेलाडजे र माइकल बेनिमिनी थिए। यी नामहरू पनामा पेपर्समा पत्ता लगाइयाे ।
मिल्टन समूह बाहेक, यी धेरै कम्पनीहरूको लिंक निश्चित रूपमा एक व्यक्तिसँग जोडिएको थियो, जसको नाम डेभिड केजरासभिली हो। उनी जर्जिया सरकारमा दुई वर्षदेखि रक्षामन्त्री भएका छन् ।
केजेराशभिलीलाई रक्षामन्त्रीको पदबाट बर्खास्त गरिएको थियो र पछि सरकारी कोषमा ५ मिलियन पाउण्ड घोटाला गरेको आरोपमा उनकाे अनुपस्थितिमा सजाय सुनाइएको थियो। जेराशभिलीलाई सजाय सुनाइँदासम्म उनी लन्डनमा बस्न थालेका थिए। र जब जर्जिया सरकारले उनलाई सुपुर्दगी गर्न बेलायत सरकारलाई अनुरोध गरे, त्यो अस्वीकार गरियो। मिल्टन समूहका यी पूर्व कम्पनीहरूसँग केजेराशभिलीको सम्बन्धलाई जनाउने कुनै सार्वजनिक रूपमा उपलब्ध कागजात छैन। तर, पनामा पेपर्सलाई नजिकबाट हेर्दा उनको नाम बारम्बार आइरहेको थियो ।

Kzerashvili या त यो नेटवर्क को मूल कम्पनीहरुको संस्थापकको रूप मा नामित गरिएको थियो, वा उनी यी कम्पनीहरुको प्रारम्भिक शेयर धनीहरु मध्ये एक थिए। यस्तो देखिन्छ कि Kzerashvili काे पर्दा पछाडि यो नेटवर्कको केन्द्र छ।
मिल्टन ग्रुपको कुरा गर्दा पनि यस्तै अवस्था देखियो । त्यहाँ कुनै सार्वजनिक रूपमा उपलब्ध कागजातहरू थिएनन् जसले घोटाला गरिएका कम्पनीहरूलाई केजेराशभिलीसँग प्रत्यक्ष रूपमा जोडेको थियो। र मिल्टन समूहका कम्पनीहरूमा उनको प्रत्यक्ष आर्थिक स्वार्थ रहेको कुनै प्रमाण थिएन।
तर मिल्टन समूहसँग सम्बद्ध कम्पनीका धेरै पूर्व कर्मचारीहरूले बीबीसी अनुसन्धानकर्तालाई गोप्य रूपमा भनेका थिए कि तिनीहरू केजरसभिलीसँग प्रत्यक्ष सम्पर्कमा थिए र केजरासभिली मिल्टन समूहका गतिविधिहरूमा संलग्न रहेको थाहा थियो।
केजेराशभिलीले आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल खाताहरू मार्फत अक्सर ठगी गर्ने व्यापारिक कम्पनीहरूको प्रचार गर्दै आएकाे जनाइएकाे छ। उनले मिल्टन ग्रुपसँग आबद्ध कम्पनीहरूमा जागिर र पोस्टहरू साझेदारी गर्न मात्र व्यावसायिक नेटवर्किङ वेबसाइट लिंक्डइनमा आफ्नो खाता प्रयोग गर्दै आएका छन्।
बीबीसीले जर्जियाका पूर्व रक्षामन्त्री केजेराश्भिलीलाई मिल्टन समूहका कम्पनीहरूसँग जोड्ने थप प्रमाण सङ्कलन गर्न सफल भएको छ। Kzerashvili को स्वामित्वका धेरै कम्पनीहरूले निजी इ-मेल सर्भर प्रयोग गरे जुन अन्य कम्पनीहरूले मात्र मिल्टन समूहबाट प्रयोग गरे। Kzerashvili सँग उद्यम पूंजी फर्म, इन्फिनिटी VC, कम्पनीहरूको ब्रान्ड र वेब डोमेनहरूको स्वामित्व रहेकाे जसले घोटाला गर्नेहरूलाई ट्रेडिंग प्लेटफर्म टेक्नोलोजी प्रदान गर्ने बीबीसीले निष्कर्ष निकालेकाे छ।
Kzerashvili सँग किभमा रहेको कार्यालय भवनको पनि स्वामित्व छ जसमा EverFX भनेर चिनिने कल सेन्टर, साथै घोटालाको लागि सफ्टवेयर उपलब्ध गराउने प्रविधि कम्पनीहरू छन्। प्रहरीले नोभेम्बरमा छापा मारेको कार्यालयहरू यिनीहरु नै भएकाे बीबीसीले जनायाे । Kzerashvili सँग जर्जियाको राजधानी टिबिलिसीमा एउटा अफिस ब्लक पनि छ, जहाँबाट यी केही प्राविधिक कम्पनीहरू सञ्चालन रहेकाे बीबीसीले जनाएकाे छ ।
जब बीबीसीले मिल्टन समूहका चार वरिष्ठ सदस्यहरूको सामाजिक सञ्जाल प्रोफाइलहरूको खोजी गर्यो, जसमा विवाह रिसेप्शन र अन्य सामाजिक जमघटका तस्बिरहरू भेट्टिएकाे, जसले उनीहरू सबैको केजेराशभिलीसँग नजिकको सामाजिक सम्बन्ध रहेको स्पष्ट बुझिने बीबीसीले जनाएकाे छ।
Kzerashvili फेसबुकमा कम्तिमा 45 जनासँग मिल्टन समूह घोटालाहरूसँग जोडिएका साथीहरू रहेकाे बीबीसीले जनाएकाे छ। र बीबीसीले पत्ता लगाएको समूहका चार वरिष्ठ सदस्यहरू मध्ये एक केजरासभिलीका आफन्त रहेकाे जनाइएकाे छ।
बीबीसीले आफ्ना अनुसन्धानकताृले केजरासभिलीको लन्डनमा रहेको १८ मिलियन पाउण्डको बंगला ट्र्याक गरेकाे र उनीसँग कुरा गर्न अनुमति माग्दा उपलब्ध नभएको उललेख गरेकाे छ ।
उल्टै केजेराशभिलीले आफ्ना वकिलहरूमार्फत बीबीसीका अनुसन्धान अधिकारीलाई उनकाे मिल्टन समूहमा कुनै पनि संलग्नता नरहेकाे र घोटालाबाट कुनै आर्थिक लाभ भएको कुरालाई दृढतापूर्वक अस्वीकार गरेकाे बीबीसीले बतायाे।
Kzerashvili ले आफ्नो ज्ञान अनुसार, EverFX एक वैध व्यापार भएकाे बीबीसीका अधिकारीहरुलाई भनेका थिए । र उनका वकिलहरूले तर्क गरे कि बीबीसीले पत्ता लगाएका घोटाला गर्नेहरू र प्राविधिक कम्पनीहरूसँग केजेराशभिलीको सम्बन्धले ‘केही प्रमाणित गरेन’।
Chelidze र Gogeshvili ले पनि EverFX एक वैध र नियमन गरिएको प्लेटफर्म हो भनी बीबीसीका आरोपहरूलाई कडाइका साथ अस्वीकार गरे। उनले मिल्टनको कुनै ज्ञान वा EverFX र हामीले ट्र्याक गरेका कम्पनीहरू बीचको कुनै सम्बन्धलाई पनि अस्वीकार गरे।
उनले थपे कि ‘ठगी संस्थाहरूले प्रयोगकर्ताहरूलाई भ्रममा पार्न EverFX को स्रोत कोड र ब्रान्ड नाम प्रयोग गरेको हुन सक्छ। EverFX सँग कहिल्यै क्रिप्टोकरेन्सी वालेट थिएन। र भुक्तानीमा संलग्न तेस्रो पक्षले कसरी पैसा प्रशोधन गर्यो भन्ने कुरामा उनीहरूसँग कुनै नियन्त्रण थिएन।’ म्यागेलाडजेले पनि बीबीसीका आरोपहरू अस्वीकार गरेकाे र आफू कुनै पनि कल सेन्टरको मालिक नभएकाे बताए ।
EverFX ले बीबीसीका आरोपहरूलाई पनि अस्वीकार गर्यो र आफूहरुको प्लेटफर्म कानुनी रहेकाे र नियम र नियमहरूको ढाँचाभित्र काम गर्ने जनायाे। EverFX ले भन्याे, ‘ब्यारी बर्नेटको केसको अनुसन्धान भएकाे थियाे र आफ्नो घाटाको लागि उनी आफैं जिम्मेवार थिए।’
जेनको मामलामा, उनले आफ्नो लगानी EverFX सँग सम्बन्धित नभएको व्यापारिक कम्पनीमा सारियो किनभने उनले घाटा भएको बताइन्। उनले बेलायतको फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए) सँग पूर्ण सहयोग गरिरहेको र बेलायतमा उनीविरुद्ध कुनै पनि नियामक उजुरी बाँकी नभएको बताइन ।
उही समयमा, EverFX र अन्य समान व्यापारिक कम्पनीहरू 2021 मा प्रतिबन्ध लगाइएको थियो।
स्पेनिस फुटबल क्लब सेभिल्ला एफसीले एभरएफएक्ससँगको सम्झौताको म्याद सकिएदेखि एभरएफएक्ससँग कुनै सम्पर्क नभएको बीबीसीलाई बतायाे।
गत वर्ष बेलायतमा भएका सबै अपराधमध्ये चार अर्ब पाउण्डभन्दा बढीको जालसाजीका अपराध थिए । र यो विश्वास गरिन्छ कि बेलायतमा हरेक वर्ष लाखौं पाउन्ड अनलाइन लगानी घोटालाहरू छन्। यद्यपि, यी घोटालाहरूका पीडितहरूले बेलायती प्रहरीको आलोचना गर्छन् र उनीहरूलाई लाग्छ कि बेलायती नागरिकहरूलाई घोटालामा फसाउनेलाई प्रहरीले कारबाही गरेकाे छैन।
जेनले आफ्नो हराएको सेवानिवृत्ति कोष प्राप्त गर्न देश र विदेशमा धेरै संघर्ष गरेकाे बताइन। धेरै विकल्पहरू अन्वेषण गरे पनि सफलता पाउन नसकेकाे उनले बताइन । बेलायतको सिटी अफ लन्डन प्रहरीले उनको उजुरी लिएको थियो, तर जेन भन्छिन् ‘त्यसकाे कुनै उपलब्धि आएन’। जेनका अनुसार बैंकले पनि उनलाई ‘केही पत्र लेख्न बाहेक’ मद्दत गर्न सकेन।
यसपछि जेनले ठगी धन्दाकाे विरुद्वमै काम गरिन । जुन उनलाई सही लाग्यो । उनले करिब एक दर्जन वेबसाइटहरू भ्रमण गरिन जसले उनलाई अनलाइन समीक्षाहरू लेख्ने अवसर प्रदान गर्यो र आफूलाई धोका दिने ट्रेडिंग कम्पनीहरूको बारेमा आफ्ना विचारहरू लेखिन।
उनी भन्छिन्, ‘म ती मानिसहरूलाई चेतावनी दिन चाहन्छु, जो यसको सिकार हुन सक्छन्। यो कामको लागि मैले मिहिनेत गरेको छु । मलाई आशा छ कि कसैले मेरो लेखनलाई ध्यान दिनुहुनेछ।’
म्याक्स हडसन, सिमोना वेइंगलास, मार्क टर्नर र जोएल गुन्टरले गरेकाे अनुसन्धानमा आधारित बीबीसीमा प्रकाशित लेख ।
बीबीसीले अनुसन्धान गरेकाे याे लेख अनलाइन पानाका लागि रामचन्द्र मिश्रले अनुवाद गरेका हुन ।




















प्रतिक्रिया