Logo

प्रमुख समाचार

सांसदहरूलाई महावीर पुनको प्रश्न : भाषण र उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन नमिल्ने ?



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरू खादा र माला लगाउँदै उद्घाटन र भाषणमा मात्र केन्द्रित भएका भन्दै काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् । शुक्रवारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिए ।

उनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरूले कानुन बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए ।

अरू हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए । पुनले सबै नेताहरू आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसद्मा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे । उनले नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार १४:३७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।