Logo

अर्थ

आज पनि घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ ।

हिजो पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ११:३७   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।