Logo

अर्थ

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमै सीमित रहने प्रक्षेपण



काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ ।

सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । तर, मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ ।

नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९÷८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ । यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२÷२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका थिए ।

प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार  २ : २१ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।