Logo

राजनीति

प्रतिनिधिसभाका सांसदहरूको अबदेखि विद्युतीय हाजिरी हुने



काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको अबदेखि विद्युतीय हाजिरी हुने भएको छ । यसअघि सांसदहरूको हाजिरी रजिस्टरमा हुँदै आएको थियो ।

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकले अबदेखि सांसदहरूको हाजिरी संसद्‌को वेबसाइटमार्फत सोही दिन सार्वजनिक पनि गरिने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

सांसदहरूको विद्युतीय हाजिरीको व्यवस्था नहुँदा उपस्थित÷अनुपस्थित सांसदबारे जानकारी नहुने र कोरम समेत नपुग्नेजस्ता समस्या हुँदै आएको थियो । विद्युतीय हाजिरीपछि उक्त समस्या हट्ने सभामुख घिमिरेको विश्वास छ ।

‘सदनमा माननीयहरूको उपस्थिति कमजोर छ । सांसद तलबभत्ता खान आए भन्ने आम बुझाइ छ । यो हाम्रो लागि राम्रो होइन । सबै दल र माननीयहरूको ध्यानाकर्षण गराउँछु’, कार्यव्यवस्था बैठकमा सभामुखले भनेका थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १३:४६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।