Logo

सम्पादकीय

नीति निर्माता नै भ्रष्टको खेतीमा



मुलुकमा नीति निर्माता भ्रष्ट देखिन थालेका छन् । एक अर्को गर्दै सबै पो मोछिने पो हुन् कि जस्तो भइसकेको छ । गएको चैत महिनामा १ खर्ब ९ अर्ब रुपैयां विप्रेषण आय भयो । गत श्रावणयता सबैभन्दा ज्यादा विप्रेषण आय मुलुकमा भएको खबर हर्ष हो कि विस्मात भन्न गाह्रो भइसकेको छ । शिथिल अर्थतन्त्रका लागि यो खबर पक्कै पनि हर्ष नै त हो । तर, मुलुकको समग्र अर्थतन्त्रको भर सधैं सधैं रेमिट्यान्स नै हुनु चाहिं पक्कै पनि खुसीको विषय होइन ।

अहिले सरकारले रेमिट्यान्सको वृद्धि गर्न युवाहरुलाई आकर्षण देखाएर वैदेशिक रोजगारमा पठाउने क्रम झन वृद्धि गरेको छ । यो गर्वको विषय भने होइन । अर्थतन्त्रलाई उद्योग, व्यवसाय र कृषिको भर दिनुपर्छ । यसका लागि नीतिनिर्माताले त्यतापट्टि कदम चाल्न जरुरी छ । तर, नीति निर्माता नै भ्रष्टको खेतीमा लागेको स्पष्ट देखिन थालेको छ । रेमिट्यान्सको भर देशको अर्थतन्त्रलाई टेको हुन सक्छ तर, खम्बा हुन सक्दैन ।

खम्बा भनेको त कृषिभन्दा अर्को कहिल्यै हुन सक्दैन । रेमिट्यान्सले देशको अर्थतन्त्र उंभो लाग्दैन । वैधानिक बाटोको प्रयोगले चैत्रमा रेमिट्यान्स आय वृद्धि देखिनुको कारण के भने बैंक ब्याज र साधारण सेयरको आकर्षण हुनुपर्छ । किनभने रेमिट्यान्स खातामा ब्याज अलिक बढाइएको छ । विदेशको रोजगारीले नेपालीलाई केही कमाइ पक्कै दिएको छ ।

पारिवारिक आर्थिक अवस्था सुधार पनि भएको छ । रेमिट्यान्सले गरिबी निवारणमा योगदान गरेको छ । तर, रेमिट्यान्स आय पारिवारिक खर्चमा अर्थात् उपभोगमा मात्रै खर्च हुने देखिन्छ । अध्ययनहरूले त्यसै भन्छन् । उपभोगमा मात्रै रेमिट्यान्स खर्च हुनुको मतलब महंगी वृद्धि हुनु पनि अर्को कारण हो । चैत्रमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७।७६ प्रतिशत पुगेको केन्द्रीय बैंकको तथ्यांकले नै देखाएको छ । जब कि फागुन मसान्तसम्म यस्तो दर ७।४४ प्रतिशत थियो । वैदेशिक रोजगारीमा गएकाहरूले साधारण सेयरमा आवेदन भर्न पनि रेमिट्यान्स खाता हुन अनिवार्य छ ।

रेमिट्यान्सले अर्थतन्त्रलाई कसरी पनि टेको दिएको छ भने केन्द्रीय बैंकका अनुसार रेमिट्यान्समा सुधार आउंदा शोधनान्तर अवस्थामा सुधार आएको छ । महंगी रेमिट्यान्सको ‘साइड इफेक्ट’का रूपमा देखा परेको छ । रेमिट्यान्सलाई अर्थतन्त्रलाई खास चलायमान बनाउंदैन भन्ने विज्ञहरू पनि छन् । नेपाली अर्थतन्त्रको टेको चाहिं पक्कै हो । भनिन्छ के पनि भने रेमिट्यान्सले मुलुकको राजनीतिलाई विकृत बनाउंछ ।

हो, पनि युवा जनशक्ति विदेश पलायन हुनुको कारण नै सामाजिक संरचना खल्बलिएको छ, नेपाली राजनीति अत्यन्तै विकृत भएको पनि छ । यस्तो विकृतिले नै मुलुकमा अतिभार पर्न अझ थप हुनसक्छ । राजनीति रेमिट्यान्सका भरमा अर्थतन्त्र धानेर आप्mनै धुनमा छ, सत्ताको फोहोरी खेलमा मस्त छ । रेमिट्यान्सलाई उत्पादनमा लगाउन उसको ध्यान छैन । रेमिट्यान्सको भरमा मात्रै अर्थतन्त्र टिकाउने सुर गर्नु घातक कर्म हो । अर्थतन्त्रलाई उद्योग, व्यवसाय र कृषिको भर दिनुपर्छ ।

नीतिनिर्माताले त्यतापट्टि कदम चाल्न जरुरी थियो तर, त्यतातिर नभई भ्रष्टतिरमन गएपछि के गर्ने अहिले त्यसैको फल भोग्न तयार हुनु परेको छ । अबका पिढीले समयमै सोचौं नत्र यस्तै भ्रष्टको कारावहीमा परिने पने हो कि कसो ?

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  ८ : ५४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।