Logo

दशैंमा हल नखुलेर के भयो त ? बस्नेत परिवारले टिभीमै चलाए लक्ष्मीपूजा



काठमाडौं । नेपाली चलचित्र क्षेत्र ७ महिनादेखि ठप्प रहेका बेला शोभित बस्नेतले भने गतिलो दिमाग लगाएका छन् । एकाति उनले चलचित्र छायाँकन थालेको एक महिनाभित्र चलचित्रको सम्पूर्ण काम सिध्याए भने हलमा नभई टेलिभिजन मार्फत आफू निर्मित चलचित्र लक्ष्मीपूजाको प्रदर्शन गरेका छन् । डीसहोम, म्याक्स टीभी, नेट टीभी, भिया टीभी र मेरो टीभीबाट यो चलचित्र रिलिज गरिएको हो ।

सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा बस्नेतले लगानी गरेर समिर मियाँलाई निर्देशनको जिम्मा दिएका छन् ।

पारिवारिक कथामा तयार गरिएको चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह र बाल कलाकार आयुषी ढकाल लगायतको अभिनय छ ।
जाहान्वी बस्नेतको दोहोरो भूमिका रहेको चलचित्रमा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखन, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, र जयकुमार दर्लामीको छायांकन छ । 
हल नचल्दा पनि टेलिभिजनमा चलचित्र कमाउन सकिन्छ भन्ने एउटा उदाहरण यो चलचित्रले दिने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार १०:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।