काठमाडौं । अवैध रूपमा संयुक्त राज्य अमेरिका जान लागेका २८ जना नेपाली पक्राउ परेका छन्।
अवैध रुपमा सीमापार गर्दै अमेरिका प्रवेश गर्न खेजेका उनीहरूलाई अजरबैजानको सीमा सुरक्षा बलले नियन्त्रणमा लिएको छ।
उनीहरुलाई नेपाल फर्काउनका लागि सरकारसँग पहल गरिरहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ । मस्कोमा रहेको नेपाली दूतावासले नै अजरबैजानलाई हेर्ने भएकाले उक्त दुतावासले पहल थालेको हो ।
अजरबैजानका लागि गैरआवासीय राजदूतसमेत रहेका मस्कोस्थित नेपाली राजदूत मिलन तुलाधरले नेपालीहरूलाई फर्काउने विषयमा शुक्रबार नै पहल गरिएको जानकारी दिए । नेपालीहरूलाई झुक्याएर पैसा उठाउँदै अमेरिका पठाउन लागेको सूचना अनुसार उनीहरूलाई उक्राउ गरिएको अजरबैजान सरकारले जनाएको छ ।





















प्रतिक्रिया