काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (मंगलबार)देखि सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा सुरु भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले १० बुँदे प्रस्ताव र सोही प्रस्ताव भित्रको सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत गरे ।
यस्तै, मंसिर ४ को आमनिर्वाचन परिणाम पश्चात विकसित घटनाक्रम र सरकारको गतिविधिबारे पार्टी उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले जानकारी गराए ।
बैठकमा विभिन्न तीन प्रतिवेदनहरू पनि प्रस्तुत भएका छन् । केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन समितिका संयोजक गोपालमान श्रेष्ठले प्रस्तुत गरे भने केन्द्रीय अनुशासन समितिको प्रतिवेदन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले बैठकमा राखे ।
यसैगरी, संसदमा पार्टीको गतिविधि सम्बन्धी प्रतिवेदन प्रमुख सचेतक रमेश लेखकले बैठकमा प्रस्तुत गरेका थिए । केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ः०० बजे पुनः बस्ने र प्रस्तुत प्रस्ताव र प्रतिवेदन उपर छलफल हुने पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
- याे पनि…
सरकारको गतिविधिबारे जानकारी गराउँदै कांग्रेस उपसभापतिले भने– ‘शिर झुकाउनुपर्ने काम कदापि गर्दैनाैं’
‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउँदै कांग्रेस, ७ लाख नयाँ सदस्य थप्ने लक्ष्य
कांग्रेस केन्द्रीय समिति बैठक : केन्द्रीय विभागहरु ७० पुर्याउने प्रस्ताव
कार्यकाल सकिएका भ्रातृ संस्थाकाे तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव
कांग्रेस केन्द्रीय समितिमा महामन्त्रीको प्रस्ताव : केही विभाग थप गर्ने




















प्रतिक्रिया