Logo

२४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा १७४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा १०६४ पुरुष तथा ६७७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ । हाल ४३ हजार २९३ जना सक्रिय संक्रमित रहेका छन् ।

यही अवधिमा ४ हजार ५ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या १ लाख १५ हजार ६७५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ८६२ पुगेको छ । नेपालमा कोभिड–१९ को मृत्युदर ०.५ प्रतिशत रहेको छ ।

हाल ३२ हजार ६०७ जना होम आइसोलेशनमा रहेका छन् भने २८५ जनाको आइसीयू तथा ६४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार २०:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।