Logo

अर्थ

४४ वाटको फ्ल्यास चार्जिङ सहितको भिभो वाइ २७ नेपाली बजारमा



काठमाडौँ। भिभोले आफ्नो वाइ सिरिजमा नयाँं मोडलको वाइ २७ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ ।

डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको यो वाइ २७ हेर्दै खेरी अरु स्मार्टफोन मोडलहरु भन्दा अलग देखिन्छ । ४४ वाटको फ्ल्यास चार्जिङ सपोर्ट गर्ने यस वाइ २७ मा ५००० एमएएचको ब्याट्री रहेको छ । त्यस्तै यसमा नाइट टाइम चार्जिङ प्रोटेक्सन पनि रहेको छ । ६ जिबी ¥याम र ६ जिबीको एक्स्टेन्डेड ¥याम भएकोले गर्दा एपहरु स्विच गरिरहनु पर्ने, धेरै ट्याबहरू खोलेर वेब ब्राउज गर्ने र संगीत सुन्ने प्रयोगकर्ताहरूका लागि यो फोन विशेष रूपमा उपयोगी छ ।

नेपाली बजारमा रु २३,९९९ मा सार्वजनिक भएको वाइ २७ हेर्नमा अत्यन्त आकर्षक छ । यो मोडलमा इनोभेसन र क्राफ्टम्यानशिप प्रति भिभोको प्रतिवद्धता झल्किएको छ । राम्रोसँग काम गर्ने र हेर्दा राम्रो देखिने फोन खोजिरहेका उपभोक्ताहरुको लागि यो उपयुक्त छनोट हुनसक्छ । यसको ‘एस्थेटिकले स्टाइल’ र ‘प्रोफेसनलिजम’ खोज्ने उपभोक्ताहरुलाई चित्त बुझाउँछ । औँठीको आकारबाट प्रभावित यसको डुअल रिङ्ग डिजाइनले सुनौलो रङलाई निकै आकर्षक तरिकाले प्रयोग गरेको छ । यसको ज्यामितिय प्याटर्नले मिनिमलिस्ट एस्थेटिक र एलेगन्सको छनक दिएको छ । त्यस्तै ग्लिटर एजिको म्याट सर्फेस भएको हुँदा यो फोन समाउनमा सजिलो हुनुको साथै कोरिने समस्या र औँलाको दाग बस्ने समस्या पनि हुँदैन । डायमन्ड प्याटर्नले टेक्स्चरलाई कलात्मक रुप दिएको छ ।

५० एमपिको अल्ट्रा क्लियर क्यामरा र २ एमपिको बोके क्यामरा सहितको डुअल क्यामराले खिचेका तस्विरहरुमा उत्कृष्ट डिटेलहरु पाउन सकिन्छ । त्यस्तै यसमा भएको ८ एमपिको फ्रन्ट क्यामराले गर्दा उतिकै सुन्दर सेल्फीहरु पनि लिन सकिन्छ । त्यस्तै यसमा भएको सुपर नाइट सेल्फीले एआइ फेस ब्युटी र औरा स्क्रिन लाइट प्रयोग गरेर कम उज्यालोमा पनि जसले गर्दा सेल्फीमा ग्लो दिन्छ ।

बर्गन्डी ब्ल्याक र सि ब्लुजस्ता आकर्षक रङहरुमा उपलब्ध यस भिभो वाइको सिमलेस फ्रेमले यसको एस्थेटिकलाई झनै लोभलाग्दो बनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १०:५४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।